जेनजी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड बिमा रकम दाबी, कस्को कति

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी […]

समय सहकारीको १५ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुरस्थित समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । यसपटक कुनै विशेष अतिथि विना सम्पन्न भएको साधारणसभामा अध्यक्ष श्यामसुन्दर बेकोजूले संघीय सरकार, नेपाल राष्ट्र बैंक, सहकारी विभाग तथा सहकारी नियमन प्राधिकरण मिलेर समुदायमा आधारित सहकारीलाई खुम्च्याउने प्रयास गरेको आरोप लगाएका थिए । उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछाले सहकारीले […]

प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीहरूले गरे पदभार ग्रहण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्। यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना सुनाएकी छन्। दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा वरीयताको दोस्रो नम्बरमा अर्थमन्त्री रामेश्वरप्रसाद […]

शैलपुत्री : धैर्य र सत्यकी देवी, यस्ता छन् पूजाविधि र प्रसन्न पार्ने उपाय

काठमाडौं ।आज बिहानबाट देशभरका मठ–मन्दिर र घर–घरमा विशेष शान्ति छाएको छ । माटोको घटमा जमरा रोपिँदै, दीपको उज्यालो बालिँदै र वैदिक मन्त्र गुञ्जिँदै नवरात्रिको यात्रा आरम्भ भएको छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, र यस दिन देवी दुर्गाको पहिलो रूप शैलपुत्रीको पूजा–आराधना गरिन्छ । शैलपुत्री : धैर्य, सत्य र शुद्धताको प्रतीक शैलपुत्री, जसको नाममै […]

शङ्का र सङ्कट निवारण गर्ने शङ्खादेवीसंग शान्तिको कामना

ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो। चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ […]

अब आमाको नामबाट वंशजको आधारमा नागरिकता लिन सहज, रोजेर थर राख्न सकिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै अब आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुने भएको छ । यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो । ‘नेपाली नागरिकता ऐन २०६३’ संशोधन भएसँगै बाबुको पहिचान हुन नसकेको वा आमाले ‘बाबु यिनै व्यक्ति हुन्’ भनी पहिचान नगरे […]

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला

काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आज (सोमबार)देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वको समयमा देशभर यातायात व्यवस्था सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रुट परमिट खुला गरिएको जानकारी दिएको हो। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब रुट नलिईकनै सार्वजनिक यातायात गन्तव्यसम्म जान सक्नेछन्। तर, केही मार्गमा विशेष कारणले प्रतिबन्धित सवारीसाधनमाथिको बन्देज भने […]

नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि […]

बडादशैंको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा […]

शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न

education journalists group

काठमाडौं । शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार अनामनगरस्थित समूहको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा समूहका सल्लाहकार प्राडा विद्यानाथ कोइराला, पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, प्रकाश सिलवाल र सुदर्शन सिग्देल लगायतले भावी कार्यदिशाबारे दिशानिर्देश गरेका थिए । उनीहरूले बदलिँदो परिवेशमा शिक्षाको मुद्दालाई दह्रो गरी पक्रिएर […]