प्राकृतिक शहरमा नेवार सांस्कृतिक सङ्ग्रहालय

पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो […]

हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित

नेपालगञ्ज, ९ साउन । बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना […]

बेलको जुसतर्फ किसानको आकर्षण बढ्दै

तनहुँ, ९ साउन । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने […]

नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने

बेत्रावती, ९ साउन । नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो । आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर […]

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

लम्की, ९ साउन । कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकको भनाइ छ । “महीनावारीको समयमा दैनिक पाँच जनासम्म […]

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा, मस्तीमा सरकार

धनगढी, ९ साउन । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर […]

उत्तरगङ्गाले बगाउँदा १ को मृत्यु, एक बेपत्ता

गलकोट, ९ साउन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भएर बग्ने उत्तरगङ्गा नदीले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा उत्तरगङ्गाले दुवैलाई बगाएको […]

नगर प्रमुखको विरोधमा उत्रेका दुई वडाध्यक्षसहित सबै रिहा

खोटाङ, ९ साउन । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नगर […]

बैंकका शाखाप्रबन्धकनै नक्कली सुनमा मुछिएपछि जेल चलान

नेपालगञ्ज, ९ साउन । बैंकको करोडौ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिटिजन्स बैंकका एक शाखा प्रवन्धकसहित ७ जनालाइ जेल चलान गरिएको छ । सिटिजन्स् बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरेको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बुधबार सात […]

अब गाउँगाउँमा विद्युतीय भुक्तानी सेवा बढाउन मौद्रिक नीतिले ल्यायो यस्तो व्यवस्था

काठमाडौं, ८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको छ । अब नगद कारोबारलाई क्रमशः घटाउँदै लगेर विद्युतीय भुक्तानीलाई बढावा दिने नीतिमा उल्लेख छ । विद्युतीय भुक्तानीको सेवा बढाउनका लागि राष्ट्र बैंकले आधुनिक प्रविधि तथा पूर्वाधारहरुको विकास गर्ने जनाएको छ । नयाँ मौद्रिक नीतिमा भनिएको छ, “डिजिटाइजेशन र फिनटेकको उपयोग बढाई […]