काठमाडौं, ८ साउन । लघुवित्तको सम्बन्धमा कडा धारणा राख्दै आएका गभर्नर चिरञ्जीवी नेपालले लघुबित्तको मर्जर र प्राप्तिका सम्बन्धमा भने खुकुलो नीति अवलम्वन गरेका छन् । बुधवार सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमा लघुवित्तको मर्जर र प्राप्तिमा सामान्य सहुलियत मात्र व्यवस्था गरिएको छ । नयाँ नीतिमा लघुबित्तका सम्बन्धमा कडा नीति आउने अनुमान गरिएको थियो । तर, त्यसविपरित […]
Tag: nonstopkhabar
अलमल र ढुलमुले मौद्रिक नीतिः न बम्पर अफर, न फोर्स मर्जर
काठमाडौं, ८ साउन । बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि बम्पर अफर ल्याउने भनेको राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा त्यस्तो कुनै विशेष अफर समावेश गरेको पाइएको छैन । बुधवार राजधानीको लाजिम्पाटमा रहेको पाँचतारे होटल ¥याडिसनमा विशेष साजसज्जाका साथ गरिएको मञ्चबाट ल्याइएको नयाँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान उत्प्रेरित मात्र गरिएको […]
दक्षिण सिरियामा इजरायलको आक्रमण
दमासकस, ८ साउन । सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ । सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको यहाँका सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त पहाडी इलाकामा सिरियाली सैनिकका […]
निसानले १० हजार कामदार हटाउने
टोकियो, ८ साउन । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका […]
उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक
बेइजिङ, ८ साउन । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ । सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र […]
थाइल्याण्डको सैन्य शिवीरमा आक्रमण चारको मृत्यु
पत्तानी, थाइल्याण्ड, ८ साउन । थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिवीरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् । मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका […]
जर्मन बैंकको घाटा ३ अर्ब ६० करोड डलर
फ्रान्कफर्ट, ८ साउन । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका […]
सशस्त्रले एकैसाथ गर्यो १५१ जना डीएसपीहरुको सरुवा (हेर्नुहोस सरुवा हुनेहरुको नामावली)
काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीका १५१ डीएसपीको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । पत्रमा सशस्त्र प्रहरीले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन […]
आधा जमिन वनले ढाकिएको देशमा वार्षिक साढे छ अर्बको काठ आयात
काठमाडौँ, ८ साउन । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री […]
सरकारी सम्पतिमा माफियाको रजाई, सरकारी धर्मशाला व्यक्तिको कब्जामा
डोटी, ८ साउन । जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका […]









