सम्पादकीय : “रगतले लेखिएको प्रश्न”

२३ भदौमा सरकारले कलङ्कको टीका लगायो । आफ्नै कलिला मस्तिष्कले मागेका जायज मागहरू सम्बोधन गर्ने साहस देखाउनुको सट्टा उनीहरूको प्रदर्शनमा कायरतापूर्वक दमनको ताण्डव मच्चायो । १९ भर्भराउदा जीवनहरूको अन्त्यसँगै १९ परिवारको संसार भत्कियो, बुढेसकालका सयौं सहारा अस्पतालमा आफैं सहारा खोजिरहेका छन् । मृतक र घाइते युवाहरूका आमाबुवा र आफन्तको आँखाबाट अनन्त आँसु बगिरहेको छ । […]

सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम

नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो […]

कुलमान हटाउने सरकारको निर्णय दुई तिहाईको दम्भ, प्रतिरोध गर्ने प्रचण्ड प्रतिक्रिया

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको प्रतिरोध गरिने प्रतिक्रिया दिएका छन् । यो निर्णय दुई तिहाई बहुमतको दम्भमा गरिएको उनको प्रतिक्रिया रहेको छ । निर्णयको घोर निन्दा  गर्दै यसको प्रतिरोध गरिने अध्यक्ष प्रचण्डले प्रष्ट […]

नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा ६ पत्रकार पुरस्कृत, ३ सम्मानित

भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल […]

मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० सिजन-१ सम्पन्न

सूर्यविनायक  नगरपालिका वडा नम्बर ९ स्थित मदरल्याण्ड इंगलिस सेकेण्डरी स्कूलले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० प्रतियोगिता सम्पन्न गेरेको छ । शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल घोषित भएका छन् । विद्यालयले पहिलोपटक […]

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं, ९ पुस । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने […]

पाँच हजार लिएर आएकी नोरा फतेहीले कमाइन् एक वर्षमा ३६ करोड

काठमाडौं, पुस ९ । नोरा फतेही भारतमा अत्यन्त कम समयमा व्यापक चर्चामा आएकी हुन् । २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको थप चर्चा चुलिएको हो । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो । नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, […]

काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित

काठमाडौं, पुस ९ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् । काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो […]

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

काठमाडौं, पुस ९ । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा […]

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

काठमाडौं, पुस ९ । सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै […]