मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवती महिलालाई वडाबाटै नि:शुल्क स्वास्थ्य सेवा

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । प्रत्येक वडाबाट महिनाको दुईदिन प्रवाह हुनेगरी निशुल्क सेवा शुभारम्भ भएको हो । बिहीबार वडा नम्बर ६ मा आयोजित सेवा शुभारम्भको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य बीमा मार्फत ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक […]

भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान !

bhaktapur traffic police

भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति […]

केएमसीमा मध्यपुर थिमि नगरबासीलाई निशुल्क शिविर

काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजको दुवाकोट स्थित अस्पतालमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । सो शिविरमा जनरल मेडिसिन देखि विशिस्ट सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ । स्त्री तथा […]

नगदेशमा नवराज राजा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द यो जात्रा यस वर्ष स्थानीय युवाहरूको सक्रियतामा आइतबार सम्पन्न भएको हो । श्री स्वस्थानी ब्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि बिगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर जात्राले निरन्तरता पाउन सकेको थिएन । […]

भक्तपुरमा कारसंग ठोक्किँदा मोटरसाइकलमा सवार महिलाको निधन

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने महिला भोजपुरको पात्लेपानी गाउँपालिका- ६ घर भई पेप्सिकोला बस्ने २३ वर्षिया सपना राई रहेकी छन् । उपचारका क्रममा बुधवार साँझ […]

जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ

भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]

हनुमन्ते करिडोर पैसा नभएर नबनेको होइन : पूर्व प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

भक्तपुर । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण बाढीपहिरोबाट  ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । सरकारले पूर्वतयारी र प्रतिकार्य नगर्दा जनधनको ठूलो क्षति भएको उनको भनाइ छ । मंगलबार भक्तपुरको मध्यपुर थिमि-३ सागबारी क्षेत्रमा हनुमन्ते नदीले पुर्याएको क्षति अवलोकन गर्दै उनले भने, ” मौसम पूर्वानुमान गर्ने निकायले ठूलो वर्षा हुने पहिल्यै प्रक्षेपण गरेपनि सरकारले […]

भक्तपुरमा उपत्यका मेयर्स फोरमको बैठक, प्रधानमन्त्रीलाई भेटेर यस्ता समस्या सुनाउने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ । शुक्रवार गठ्ठाघरस्थित जर्मन होम्समा सो बैठक सम्पन्न भएको हो । मेयर्स फोरममा मेयरहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक हस्तक्षेप गरिरहेको जिकिर गर्दै आक्रोश पोखेका श्रोतले जनाएको छ । अख्तियारले नै आफ्नो अधिकारको दुरुपयोग गर्दै स्थानीय तहलाई काम गर्न नदिएको भन्दै […]

झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडी मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा बारा महागढी नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको कौशलटार […]

डलर देखाई ३ लाख ५० हजार ठगी भागेका २ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी वृत्त थिमिमा परेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै सिन्धुपाल्चोकको […]