जलविरेमा सुख्खा पहिरो जान थालेपछि मुग्लिन सडक अवरुद्ध

चितवन, ३ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो […]

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

टोकियो, ३ साउन । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई ५ मा अविरण वर्षापछि आएको बाढीपहिरोमा परी अरू सात जना अझै पनि हराइरहेको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्रभन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि […]

नारायणगढ–मुग्लिन सडक : २९ ठाउँमा पहिरोको उच्च जोखिम

चितवन, २ साउन । ‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराई । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे । ‘बाटो राम्रो छैन, दुईटा […]

चीनमा ७५ हजार र जापानमा ७४ हजार विस्थापित

एजेन्सी । भीषण वर्षापछि आएको बाढीपहिरोमा परी चीनमा ७५ हजार जना र जापानमा ७४ हजार जना विस्थापित भएका छन् । उत्तरी चीनको जिलिन प्रदेश अन्तर्गत पर्ने योङजी जिल्लामा बाढी पहिरोका कारण ७५ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने ७५ हजार बासिन्दा विस्थापित भएका छन् । मुसलधारे वर्षा गत बिहीबार बिहान ९ बजेतिर सुरु भएको […]

नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा

चितवन, १९ असार । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ […]