जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

टोकियो, ३ साउन । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेर ३४ पुगेको छ ।

गत जुलाई ५ मा अविरण वर्षापछि आएको बाढीपहिरोमा परी अरू सात जना अझै पनि हराइरहेको अधिकारीहरूले जनाएका छन् ।

सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्रभन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरूको सङ्ख्या ३४ पुगेको हो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरूको काठ निकाल्न सोमबार पनि २७ हजार जना जापानको प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रक खटिएका छन् ।

त्यसैगरी झण्डै नौ हजार स्वयमसेवक पनि बाढी पहिरोले क्षति पु¥याएको ठाँउमा सहयोगका लागि क्रियाशील रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रकोप प्रभावित क्षेत्रमा सोमबार उच्च तापक्रम महशुस गरिएको छ । स्थानीय असाकुरा र हिटा भन्ने दुई ठाँउ निकै गर्मी हुने ठाँउ मानिन्छन् ।

ती दुई ठाँउमा सोमबार क्रमशः ३४.८ र ३६.२ डिग्री सेल्सियस ताप मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

Loading...