देशभर १३५९ नयाँ संक्रमित थपिँदा उपत्यकामा मात्र भेटिए ४५४ कोरोना संक्रमित

काठमाडौं, १९ भदौ । शुक्रबार काठमाडौं उपत्यकामा ४५४ जना नयाँ संक्रमित थपिएका छन् । साथै देशभर अहिलेसम्मकै बढी १३५९ जना संक्रमित भेटिएका छन् । यसले नेपालमा काेराेना भाइरसकाे संक्रमण दिनप्रतिदिन बढिरहेकाे देखाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका ४५४ मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन । काठमाडाैंमा ३८६ जना नयाँ […]

काठमाडौं उपत्यकामा ४४५, देशभर १२२८ कोरोनाका नयाँ संक्रमित भेटिए

१८ भदौ, काठमाडौं । बिहीबार १२२८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३४१३ नमूना परीक्षण गरिएकाेमा १२२८ नयाँ संक्रमित बिहीबार थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमित काठमाडाैं उपत्यकामा देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा बिहीबार ४४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र […]

कोरोनाले आमा गुमाएको चार दिनमै भक्तपुरका ४० वर्षीय छोराको कोरोनाकै कारण मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा मंगलबार राति भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको छ। ६२ वर्षीया ती महिलाले पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्। १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा […]

काठमाडौं, ललितपुरसहित १२ जिल्लामा समुदायमस्तरमै कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ

काठमाडाैं । जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए। ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन […]

काठमाडौं उपत्यकामा ४८१, देशभर अहिलेसम्मकै बढी १०६९ नयाँ संक्रमित थपिए

काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा […]

कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

काठमाडौं, १६ भदौ । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे […]

६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं, १२ भदौ । काेराेनाकाे संक्रमणबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मीपछि काेराेनाबाट सञ्चारकर्मीहरु प्रभावित भएका छन् । काेराेना भाइरसबाट नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकार संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले देशका सात मध्ये ६ प्रदेशमा पत्रकारहरुमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे छ । महासंघका अनुसार अहिलेसम्म सुदूरपश्चिमका कुनै पनि पत्रकार संक्रमण भेटिएकाे छैन । महासंंघले प्रदेश १ मा […]

कर्फ्यूले घटेन काठमाडौ उपत्यकामा कोरोना संक्रमण, फेरि थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं, १२ भदौ । एक हप्ते कर्फ्यू सकिएर अर्को हप्ताको कर्फ्यूमा अघि बढिरहेको काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण भने अझै बढिरहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ४१५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी […]

काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]

५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]