नेकपामा अब हरेक महिना वनभोज जानुपर्ने तर ‘तँ’ भन्न नपाइने ‘समाजवादी’ आचारसंहिता जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टी सदस्यहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । सबै पार्टी सदस्यहरुले अनिवार्य लागु गर्नुपर्ने गरी जारी गरिएको आचारसंहितामा केही अनौठा प्रावधानहरु राखिएको छ । जुन प्रावधानहरु किन राख्नुपरेको हो भनेर धेरैले चासो राखेका छन् । नयाँ आचारसंहितामा अब हरेक महिना बनभोज गर्नुपर्ने, पारिवारिक जमघट गर्नुपर्ने […]

सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ । यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा […]

विप्लवका कार्यकर्ताले सत्तारुढ नेकपाका नेतामाथि रापानी भिरमा गरे आक्रमण, गाउँ पस्न रोक लगाइएको चेतावनी

जाजरकोट, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो । जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि आज बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको […]

सिडिओको आदेशले नेकपाका पोलिटब्यूरो सदस्य कार्की रिहा

काठमाडौं, २१ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त रिहा भएका छन् । साढे चार महिना हिरासतमा राखेर उनलाई रिहा गरिएको हो । कार्की गत चैत १ गते ललितपुरको आफ्नै निवासबाट पक्राउ परेका थिए । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत […]

धेरै चर्चापछि बल्ल भए योगेश पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएका छन् । दिउसो ४ बजे भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन रहेको थियो […]

कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद समेत दिएका छन् । साथै चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीलेसम्म मतदान गरेकोमा उनी आनन्दित भएको थाहा […]

दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने नेकपाकाे चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने चेतावनी दिएकाे छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्त प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् । सरकारले घाेषणा गरेकाे निर्वाचन खारेजी अभियानका क्रममा देशभरबाट ४५० भन्दा बढी नेता कार्यकर्ता र सर्वसाधारण जनतालार्इ राज्यले गिरफ्तार गरेकाे बताउँदै […]

नेकपाविरुद्ध सिआइडी गर्नेलाई पनि गिरफ्तार गर्छौं : रणवीर

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’ले आफ्ना पार्टीका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तमाथि धरपकड र गिरफ्तारी नरोकिए सुराकी गर्नेलाई पनि गिरफ्तार गर्न बाध्य हुने बताएका छन् । उनले राजनीतिक आस्थाकै कारण गरिने गिरफ्तारी रोकिनुपर्ने पनि बताएका छन् । उनले शान्ति सम्झौताको मर्म विपरित एकपक्षीय रुपमा दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्न चुनाव […]