नेकपाविरुद्ध सिआइडी गर्नेलाई पनि गिरफ्तार गर्छौं : रणवीर

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’ले आफ्ना पार्टीका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तमाथि धरपकड र गिरफ्तारी नरोकिए सुराकी गर्नेलाई पनि गिरफ्तार गर्न बाध्य हुने बताएका छन् । उनले राजनीतिक आस्थाकै कारण गरिने गिरफ्तारी रोकिनुपर्ने पनि बताएका छन् ।

उनले शान्ति सम्झौताको मर्म विपरित एकपक्षीय रुपमा दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्न चुनाव आएकाले आफ्नो पार्टीले त्यसलाई खारेज गर्ने निर्णय गरेको बताए । कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै उनले अगाडि भने, “बृहत शान्ति सम्झौताको मूल मर्म विपरीत दलाल संसदीय असफल पुरानै व्यवस्था संस्थागत गर्ने चुनाव भएकोले यसको खारेजी आवश्यक भएको हो, सार पुरानो तर नयाँ स्वरुप दिएर नयाँ व्यवस्थाको भ्रम दिइएको छ । यो चुनावले देश र जनताको दलालिकरण र क. गालिकरणलाई तीब्रता दिने भएकोले खारेजी अपरिहार्य भएको हो ।”

राज्य निरंकुश र फासिवादी शैलीमा जारी दमनले शक्तिशाली जनप्रतिरोध जन्माउने रणवीरले बताए । सुराकी गरेर आफ्ना नेता–कार्यकर्ता र जनतालाई गिरफ्तार गराउनेलाई आफ्नो पार्टीले पनि गिरफ्तार गर्ने बताए । उले जनप्रतिनिधिविरुद्ध आफ्नो पार्टीमा उजुरी आउने क्रम सुरु भएको भन्दै त्यसको पनि छानविन गर्ने दोषि पाइए जनहिरासतमा राख्ने बताए ।

सरकाले त तपाईँहरुलाई गिरफ्तार गर्न निर्देशन नै गरिसेकेको छ, अब के गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा रणवीरले सरकारले चुनावमा भोट हाल्न भन्दै हतियारसहित जनतामा गएको बताउँदै आफ्नो पार्टी पनि त्यसैगरी भोट नहाल्न जनतामा जाने बताए ।

“उनीहरुले जसरी चुनावमा भोट हाल्न हतियारसहित जनतामा गएका छन्, हामीले पनि जनतालाई भोट नहाल्ने अपिलसहित जनतामा जान पाउनुपर्छ । यदि राज्यले फासिवादी शैलीबाट दमन गरे हामीसँग सशक्त प्रतिवादको विकल्प हुदैन” पोलिट्ब्युरो सदस्य रणवीरले भने । उनले आफ्नो पार्टीले गर्ने प्रतिवाद कस्तो र कत्रो हुने भन्ने कुरा राज्यको रवैयामा भर पर्ने समेत बताए ।

Loading...