राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र […]

अमेरिकाले भन्यो, विप्लव नेपालका आन्तरिक आतंकवादी, भारतीय आतंकवादीको अखडा नेपाल

काठमाडौं, २० कात्तिक । अमेरिकाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई नेपालको आन्तरिक आतंकवादीका रुपमा अर्थ लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । अमेरिकी विदेश मन्त्रालयले गएको शुक्रबार ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नेपालबारे पनि धेरै चर्चा गरेको हो । उक्त प्रतिवेदनमा विप्लव नेकपाले […]

एनसेललाई जोगाउन मिलेमतो गरेको भन्दै न्यायाधिशकै पुत्ला जलाउने विप्लवको घोषणा

काठमाडौं, १४ भदौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको दावी गरेका छन् । विद्रोही नेकपाले अदालतको यो आदेशका […]

काठमाडौंको गौशालाबाट विप्लवका केन्द्रीय सदस्यसहित तीन नेता गिरफ्तार

काठमाडौं, २१ साउन । राजधानीको गौशाला नजिक बत्तीसपुतलीबाट विद्रोही नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्यसहित तीन नेता कार्यकर्ता गिरफ्तार परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य मकर गुरुङसहित तीन जनालाई सोमवार बिहानै पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा नेकपाका केन्द्रीय […]

मानवअधिकार संस्थाको गम्भीर खुलासाः कुमार पौडेल भिडन्तमा होइन, नियन्त्रणमा लिएर मारिएका हुन (अनुसन्धानको पूरा रिपोर्ट)

काठमाडौं । सर्लाही घटनाबारे मानव अधिकारवादी संस्थाकाे एक अनुसन्धानले गम्भीर खुलासा गरेकाे छ । इन्सेक र एड्भोकेसी फोरम नेपालले स्थलगत अध्ययन गरी अनुसन्धानकाे प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाइ नियन्त्रणमा लिइ मारिएकाे उल्लेख गरिएकाे छ ।  प्रहरीले दावी गरेअनुसार कुमार पाैडेल दोहोरो भिडन्तमा मारिएको भन्ने […]

नेपाल प्रहरीका असई विरुद्ध विप्लवले जारी गरे पक्राउ पुर्जी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको जनअदालतको फैसला अनुसार यो पक्राउ पुर्जी जारी गरिएको दावी गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई […]

एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ ।  राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव […]

सरकार-विप्लव वार्ता शुरु हुनु अगावै अन्त्य, प्रतिबन्धित पार्टीद्वारा सरकारलाई नै प्रतिबन्ध

काठमाडौं, ३ साउन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे आधिकारीक धारणा बाहिर आएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने […]

वार्ताबारे विप्लवको कठोर प्रतिक्रिया, वार्ताको हल्ला ‘भ्रमपूर्ण बकवास’ भएको दावी

काठमाडौं, २ साउन । वार्ताको हल्ला चलिरहेका बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले सरकारप्रति कठोर प्रतिक्रिया जनाएको छ । सरकारका तर्फबाट सत्तारुढ दलका केही नेताहरु वार्ताको पहल गरिरहेको हल्ला चलिरहँदा विद्रोही नेकपाले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको बताएको छ । नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा […]

विप्लवले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र वार्ता गर्ने सरकारका प्रवक्ताकाे प्रष्टोक्ति

काठमाडौं, २ साउन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे अाधिकारिक धारणा बाहिर अाएकाे छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने […]