शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ । आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ […]

जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा

पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]

सडक डिभिजनका प्रमुख नौ लाख घुससहित पक्राउ

कास्की, २४ साउन । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको […]

पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत दरवारमार्गको शेर्पा मलमा सात लाख घुस लिँदा लिँदै पक्राउ

काठमाडौँ, २३ साउन । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत करिव सात लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई रंगेहात पक्राउ गरेको हो । कोइरालालाई आयोगको टोलीले दरवारमार्गमा रहेको शेर्पा मलबाट समातेको हो । टोलीले उनको साथबाट ६ लाख ७५ हजार घुस रकम […]

सबैभन्दा घुस लिएर रङ्गेहात पक्राउ पर्नेमा गृहमन्त्रालयका कर्मचारी : अख्तियारको रिपोर्ट

काठमाडौँ, ३ असार । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको […]