सानिमाको नाफा १ वर्षमा साढे २ अर्ब, प्रति सेयर कति?

काठमाडौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ अर्ब ३५ करोड पुगेको छ । फि तथा कमिसनबाट हुने आम्दानी पनि बढेको छ । त्यसैले नाफामा सुधार आएको हो । यता, सानिमाको इम्पेयरमेन्ट चार्ज भने बढेको छ ।

१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १८.९३ रुपैयाँ पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ । एनपीएल घटेर ३.०१ प्रतिशत कायम भएको छ ।