अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]

सरकारका अधिकां‌श मन्त्री फेर्ने कसरतमा ओली र प्रचण्ड

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा उनीहरुबीच मन्त्रिहरुकाे हेरफेर गर्नेबारे छलफल भएकाे हाे । मन्त्रिपरिषद् पुनर्गठनका विषययमा आफूहरुबीच छलफल भएकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् । आजै विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग […]

अझै दुर्इ महिना कांग्रेसले सरकार नछाड्ने, एमाले-माके गठबन्धन भत्काउने अनेकौ कसरत जारी

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले अझै दुर्इ महिना सरकार नछाड्ने भएकाे छ । नेकपा एमाले र माअाेवादी केन्द्रकाे गठबन्धनले दुर्इ तिहार्इ नजिककाे बहुमत ल्याए पनि कांग्रेसले भने यही सरकारलार्इ विभिन्न बाहना बनाउँदै लम्ब्याउने कसरत गरेकाे हाे । दुर्इ पार्टीकाे गठबन्धन ताेड्न सकिए सके सरकारकाे नेतृत्व नै लिने नसके माकेलार्इ एमालेबाट फुटाएर अाफ्नाे गठबन्धन सरकार […]

धेरै ल्याङल्याङ गरे एमालेलाई पाँच वर्ष घाममा सुकाइदिने माअाेवादी केन्द्रकाे चेतावनी

काठमाडाैं, १५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता जति प्रचारमा आएको छ त्यो भन्दा पनि निकै सुस्त भएको छ । एकतालाई चुनावी नारा बनाएका एमाले र माकेका नेताहरु अहिले आन्तरिक कठिनाईको व्यवस्थापन गर्न व्यस्त छन् । एकताको एमाले पनि एकमत हुन सकेको छैन । माकेका केही प्रभावशाली नेताहरुले पार्टी छोडेको घोषणा गरिसकेका छन् […]

पहिलो दल बनेपछि माओवादीलाई धोका दिन एमालेले यस्तोसम्म गरेको खुलासा

काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]

रोकियो राष्ट्रिय सभा विधेयक, केपी ओलीलार्इ खुल्यो प्रधानमन्त्री हुने बाटो

काठमाडाैं, ६ पुस । सरकारले गत २८ भदौमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको मतभार १८ हुने व्यवस्थासहितको राष्ट्रिय सभा निर्वाचनको व्यवस्था थियो । विधेयक ३ असोजमा संसद्मा प्रस्तुत भई सामान्य छलफल भएको थियो । […]

समानुपातिकमा थ्रेसहोल्ड कटाएका पाँच दललार्इ सिट बाँडफाँड हुँदै (हेर्नुहोस मत र सिटसहित)

काठमाडाैं, ४ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कूल सदर मतको ३ प्रतिशत मत […]

प्रचण्डको प्रशंसा गर्दै ओलीले भने ‘म मुर्ख हुँ, बेलाबेला मुर्ख बन्छु’

काठमाडाैं, ३ पुस । चटपटे बाेली बाेलेर बेलाबेलामा चर्चामा अाइरहने नेता केपी अाेलीले अाफैलार्इ मुर्ख भनेका छैन । अाेलीलार्इ भेट्न अाेली निवास बालकाेट पुगेकाे नेकपा माअाेवादी केन्द्रकाे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग (वाइसिएल) काे टाेलीसँग अध्यक्ष अाेलीले साे कुरा सार्वजनिक गरेका हुन् । अाेलीले माअाेवादी जनयुद्धका बारेमा अाफूले बाेलेकाे कुरा मुर्खले बाेल्ने भनार्इ नै भएकाे […]

हारिसकेपछि पनि सरकारमै बसेको भन्दै देउवालार्इ सरकार छाड्न ओलीको चेतावनी

भक्तपुर, १ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्न चेतावनी दिएका छन् । उनले नयाँ जनमतकाे परिणाम अाइसकेकाे बताउँदै हारिसकेपछि पनि सरकारमै टाँसिन खाेज्नु प्रजातन्त्रवादी भन्नेका लागि कदापी बान्छनीय नभएकाे बताए । उनले तत्काल नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न देउवालार्इ चेतावनी दिए । अाफ्नै निवास […]

अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति

काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ । चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे […]