कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्।

बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले बहुमत प्राप्त गर्दै प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गरेका हुन्।

३७ जना कांग्रेस सांसदमध्ये २२ मत प्राप्त गर्दै बानियाँ विजयी भएका छन् ।

लामाले १४ मत प्राप्त गरे भने १ मत बदर भएको छ । यससँगै बानियाँ संसदीय दलको नेतृत्वमा पुनः फर्किएका छन् र उनको बागमती प्रदेेशसरकारको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।