काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा ‘शिक्षामा डिजिटल प्रविधिको प्रयोग र यसको चुनौती’ विषयक गहन समूहगत छलफल गरिएको छ। राष्ट्रिय सभागृहको सिटी हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका एडुटुडेका सम्पादक एवं शैक्षिक सुधारका अभियन्ता प्रभात चलाउनेले गरेका थिए। छलफलमा प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे मन्थन गरिएको […]
Tag: काठमाडौँ महानगरपालिका
अब काठमाडौँँ उपत्यकामा चौबीसै घण्टा खानेपानी : मन्त्री यादव
विमल बिष्ट, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन एवं काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा […]
काठमाडौ महानगरका प्रहरी प्रमुखलाई कार्वाही
काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई कार्वाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेपनि चित्तबुझ्दो जवाफ नदिएकाले उनी निलम्बनमा परेको जनाइएको छ । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत […]
महानगरको भ्रष्टाचारबारे बोले मेयर बालेन
(काठमाडौ टावर लगायतका विषयमा काठमाडौ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको अभिब्यक्ति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।) कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त […]
जरिवानाबाट झस्किएको राप्रपा आफैंले गर्यो सडक सफाई, मेयर बालेनले दिए धन्यवाद
काठमाडौ । राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुको सभा सकिएपछि आफैँ सडक सरसफाई गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न आग्रह गरेका थिए । ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए । उनले आफूहरुले गरेको फोहोर सफा गरेर जान नेता कार्यकर्तालाई निर्देेशनसमेत […]
राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायाे एक लाख रुपैयाँ जरिवाना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]
बालेनले राजसंस्थामाथि बक्रदृष्टि राखेका राप्रपाको आरोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको जरिबाना राप्रपाले नतिर्ने भएको छ । आइतबार एअरपोर्ट र आसपासका क्षेत्रमा राप्रपाले पूर्वराजाको स्वागत गर्नेक्रम्म्मा फोहोर गरेको, बिरुवा नाश गरेको र भौतिक क्षती पुर्याएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको थियो । महानगरले जरिवाना तिर्न भनेपछि राप्रपा उल्टै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माथि खनिएको छ ।बालेनले […]
भ्रमको खेतिमा सरकारलाई पीएचडी : बालेन
काठमाडौ । भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै काठमाडौका मेयर बालेन्द्र शाह (बालेन)ले फेरिपनि सरकारप्रति आक्रोश पोखेका छन् । विभिन्न छ वटा विषयमा सरकारले महानगर माथि भ्रम सिर्जना गराएको र महानगरलाई काम गर्ने वातावरण बन्न नदिएको मेयर बालेनले आरोप लगाएका छन् । सोमबार अपराह्न सामाजिक सञ्चालमार्फत उनले ६ स्पष्टीकरण […]
काठमाडौं महानगर छुट्टै पाठ्यक्रम लागु गर्दै, ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म
काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन […]
काठमाडौं महानगरले गर्यो सडकमानव व्यवस्थानका लागि सवारीसाधन हस्तान्तरण
काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले सडकमा बास बस्न बाध्य दीनदुःखी अशक्तहरुका लागि एक थान सवारी साधन हस्तान्तरण गरेको छ । यसको व्यवस्थापनमा सक्रिय मानवसेवा आश्रमलाई महानगरले सवारी साधन हस्तान्तरण गरेको हो । शुक्रबार महानगरपालिकाको सहकार्यमा मानवसेवा आश्रमले सडकमा जीवन व्यतित गर्दै आएका दीनदुःखी अशक्तलाई उद्दार गर्दै आएकोमा यो सेवाकार्यमा अझै सहजताको लागि महानगरले आश्रमलाई […]











