तीन मन्त्री र सचेतक फेर्ने सहमतिपछि मुख्यमन्त्री शाहीको पद जोगियो, सबै बोलाइए काठमाडौं

काठमाडौं, २७ असोज । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि पद धरापमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । पार्टी केन्द्रमा शिर्ष नेताहरुको सहयोगमा उनले आफ्नो पद जोगाउन सफल भएका हुन् । स्रोतका अनुसार पार्टी केन्द्रमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच कर्णाली प्रदेशमा देखा परेको समस्या सुल्झाउने बारे सहमति […]

तीन स्थानीय तहमा बाल विकास कार्यक्रम

सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर […]

अब रक्सी खान पनि लाइसेन्स लिनुपर्ने, सरकारले ल्यायो यस्तो कडा नीति

जुम्ला, २३ भदौ । कर्णाली प्रदेशमा रक्सी खान लाइसेन्स लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब प्रदेशमा रक्सी खान अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कर्णाली सरकारले गर्न लागेको बताए। ‘कर्णालीमा अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै […]

बहालवाला मन्त्रीलाइ पक्राउ गर्न अदालतको आदेश, पर्लान पक्राउ मन्त्री खडक

काठमाडौं, २९ साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो । ‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका […]

कर्णाली प्रदेशमा ६ सयभन्दा बढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले आफू मातहतका कार्यालय तथा निकायका लागि ६ सयभन्दा बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । ‘हालसम्म […]