रङ्गेहात पक्राउ परेका बैदेशिक रोजगार विभागका महानिर्देशक बिरूद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडाैं । बैदेशिक रोजगार विभाग काठमाडौंका महानिर्देशक विश्वराज पाण्डे, शाखा अधिकृत कृति वल्लभ पौडेल र नायव सुव्वा खड्गबहादुर के.सी बिरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । एक म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता सर्वोच्च अदालतले रोक्का फुकुवा गर्न आदेश भइसकेको अवस्थामा शाखा अधिकृत पौडेल र ना. सु. खड्गबहादुर के।सीले सोही प्रयोजनका लागि […]

अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी

काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा […]

जनसेनाका व्यारेकमा भएको भ्रष्टाचारको छानविन सुरू भएपछि माअाेवादी केन्द्रका नेता तनावमा

   २६ कात्तिक,काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जनमुक्ति सेनाको व्यारेकमा भएको भ्रष्टाचार सम्बन्धि मुद्दामाथि छानविन गर्ने भएको छ । चुनावमा मुखमा अख्यिारले अहिलेसम्म थाति रहेको फाइललाई अगाडि बढाउन खोजेपछि चुनाव प्रचारमा रहेका माओवादी केन्द्रका नेताहरु तनावमा परेका छन् । स्रोतका अनुसार नेकपा एमालेका युवा नेता महेश बस्नेतले दिएको लिखित उजुरीका आधारमा अख्तियार छानविनको […]

यातायातका लेखापालले ६१ कराेड भ्रष्टाचार गरेकाे खुलासा, लेखापाल पक्राउ

काठमाडाैं, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री […]

राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत मात्र

काठमाडौँ, २७ असोज । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिए । “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब […]

कर फर्छ्योट आयोगले यस्ताेसम्म महाअपराध गरेकाे खुलासा

त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष […]

विश्वविद्यालयमा चोरेर लेक्चरर, रिडर र प्रोफेसर बन्नेहरुकाे रामकहानी (भिडियाेसहित)

२०७० सालमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्रा.डा.केदारनाथ घिमिरेलाई बौद्धिक चोरी गरेको आरोपमा कालोसूचीमा राख्यो । तर, दुई वर्ष नबित्दै उनको नाम कालोसूचीबाट हट्यो । घिमिरेलगायत तीन जनाको टोलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि यूजीसी रक्षात्मक हुनपुग्यो । यूजीसीसँग बौद्धिक चोरीमा कारबाही गर्ने कार्यविधि थिएन, त्यसमाथि उसले समयावधि नतोकी कारबाही गरेको […]

अख्तियारलाई चाडपर्वको चिन्ता

काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको […]

हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या

काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]

अर्बौ घोटाला काण्डको अर्को खुलासा । जग्गा घोटाला अख्तियारकै निर्देशनमा

काठमाडाैं‌, १ असाेज । नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ। निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को दफा २७ बमोजिम वार्ताको माध्यमद्वारा जग्गा खरिद गर्न खोज्दा आयोगले खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै […]