विद्युत प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको […]

निगमको घोटालामा अख्तियारकै भूमिका शंकास्पद

काठमाडौं, २५ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका शंकास्पद देखिएको छ । ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर आरोपितलाई छानबिनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् । छानबिन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको […]

किन प्रम देउवा र उनका मन्त्रीहरु कुनै हालतमा सम्पति नदेखाउने भन्दैछन ?

Sher Bahadur Deuba

काठमाडौं, २३ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाइएको छ । भ्रष्टचार निवारण […]

पूर्व प्रधानान्याधिशकाे ठहर- यहाँ भ्रष्टाचार मात्र हाेइन महालुट हुन्छ

काठमाडाैं, १४ भदाै । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको र न्यायपालिकासमेत त्यसबाट मुक्त नरहेको बताएकी छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले लेखेको ‘रजगज : दल दरवार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ पुस्तक मंगलबार राजधानीमा सार्वजनिक गर्दै कार्कीले राज्यका सबै निकायमा इमानदारीपूर्वक काम गर्नेहरूलाई अप्ठ्यारामा पार्ने गरिएको बताइन् । ‘केही अदृश्य व्यक्तिहरूको सुझाव […]

आयल निगमको अर्बौको घोटालामा खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा

काठमाडाैं, १४ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ। निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे नागरिकलाई विस्तृत जानकारी दिएका हुन्। […]

जिल्ला शिक्षा अधिकारी नै रङ्गेहात पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो । विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र प्रहरीले गरेको […]

करोडौं कमिसन खाएर निगमले गर्यो निजी जग्गा खरिद

काठमाडौं, १६ साउन । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले […]

६ लाख ९५ हजार अवैध रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।   विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र […]

राजश्वमा अर्बौ भ्रष्टाचार गर्ने शर्माको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २७ असार । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको […]