एकैदिन कोरोनाले ११ को मृत्यु, थपिए ४८४ नयाँ संक्रमित

काठमाडौं, २८ साउन । कोरोना भाइरसबाट एकैदिन ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् । बुधवार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ भएको छ । संक्रमित मध्ये अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । अहिलेसम्म १६ हजार ७ सय […]

२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल

काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो । कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले […]

कोरोनाका कारण सर्वोच्च अदालतका २ न्यायाधिश नै आइसोलेसनमा

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको […]

कोरोना लागेर विमान चार्टर गरी काठमाडौं ल्याइएका जनकपुरका पूर्व मेयरको मेडिसिटी अस्पतालमा निधन

काठमाडाैं । कोराना भाइरस संक्रमणको कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ । ७३ वर्षका गिरीकाे मंगलबार राति काठमाडौंमा मृत्यु भएकाे हाे । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जनकपुरको […]

गोंगबु बिभत्स हत्याकाण्डले समाजलाइ दिएको शिक्षा

काठमाडौँ । काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । शरिर र टाउकाे अलग अलग ठाउँमा शव भेटिएपछि धेरै त्रसित बने । प्रहरीले याे घटना एक महिलाले गरेकाे भन्दै जब पक्राउ गर्याे त्यसपछि झनै चकित पार्याे सबैलाइृ । एक महिलाले यति विभत्स हत्या कसरी […]

विराटनगरका ८ जना पत्रकारमा एकैदिन कोरोना संक्रमण

काठमाडौं, २७ साउन । विराटनगरकाे एउटै सञ्चारगृहमा काम गर्ने ६ सहित ८ जना पत्रकारमा काेराेना संक्रमण देखिएकाे छ । एकैपटक ८ जना पत्रकारलाइृ काेराेना संक्रमण भएपछि जिल्लाका मिडियामा त्रास उत्पन्न भएकाे छ । संक्रमित भएका मध्ये ५ जना विराटनगरबाट प्रकाशित हुने एक स्थानीय दैनिक पत्रिकामा पत्रकार हुन् । साथै साेही दैनिकमा काम गर्ने एक कम्प्युटर […]

गोंगवुमा शव भेटिएका बोहराले दोहोरी खोल्ने भन्दै ऋण लिएकी महिला पक्राउ

काठमाडाैं । गोंगबु हत्याकाण्डमा संलग्न भन्दै चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनका कारण मतभेद रहेको’ प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर निजी गाडीमा चितवन […]

बाढीले बगाउँदा बेपत्ता भएका पुरुष घाइते अवस्थामा जीवितै फेला परे

कैलाली । कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । विष्टलाई […]

एकैदिन थपिए ३३८ जना कोरोना संक्रमित, २३ हजार बढीमा संक्रमण

काठमाडौं । पछील्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कूल संख्या १६ हजार ४९३ जना पुगेको छ । पछिल्लो २४ […]

कोरोना लागेर अस्पताल भर्ना भएका एक व्यक्तिको ललितपुरमा मृत्यु

ललितपुर । लिलतपुरकाे ग्वार्काेमा रहेकाे किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए । पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ […]