पुल बनाउन छाडेर तीन वर्षदेखि ठेकेदार वेपत्ता

Jajarkot

जाजरकोट, २८ असोज । जाजरकोट–डोल्पा सडकखण्डको वैरिताल चिसापानीबीचमा रहेको भेरी नदीमा पुल चार वर्षदेखि निर्माण हुन नसक्दा सर्वसाधारणलाई समस्या हुँदै आएको छ । दुवै किनारा अर्थात् चिसापानी वैरितालमा पिल्लरको निर्माणसमेत पूरा नहुँदा कामले गति लिन नसकेको हो । पिल्लर अधुरै छाडेको तीन वर्ष बितेको छ । पुलको स्लापलगायत अन्य कामको अत्तोपत्तो छैन । सडक विभाग […]

पयर्टन सुन्दरी बन्न २३ युवती छानिए

काठमाडौँ, २८ असोज । मिस टुरिजम–२०१७ का लागि २३ प्रतिस्पर्धीले अडिसन दिएका छन् । आगामी कात्तिक १८ गते आयोजना गर्ने उक्त प्रतियोगिताका लागि आज सम्पन्न भएको अडिसनमा काठमाडौँ, पोखरा र चितवनका गरी जम्मा २३ जना युवती प्रतिस्पर्धीले अडिसन दिएको आयोजक प्वाइन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिए । अडिसनमा निर्णायकको भूमिकामा पर्यटन व्यवसायी […]

पत्रकार महासंघले चैतभित्र सबै प्रदेशको निर्वाचन गर्ने

काठमाडौँ, २८ असोज । नेपाल पत्रकार महासङ्घको संघीय संरचनाअनुसार आगामी चैतभित्र महासङ्घका १० वटै प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार दुई दिन बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले संविधानअनुसार महासङ्घका संरचनालाई पूर्णता दिनका लागि सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए […]

अपराध अनुसन्धानमा नयाँ प्रविधि प्रयाेग गर्न प्रहरीलाई आग्रह

हेटौँडा, २८ असोज । ६२ औँ प्रहरी दिवसका उपलक्ष्यमा प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाद्वारा हेटौँडा उपमहानगरपालिका–११ थाना भञ्ज्याङमा आयोजित कार्यक्रममा अमर शहीद प्रहरीको स्मारकमा पुष्पगुच्छा चढाई आज श्रद्धाञ्जलि अर्पण गरिएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न र बढी मतदातालाई सहभागी गराउन नेपाल प्रहरीले अथक प्रयास गर्नुपर्नेमा […]

अपाङ्ग बालबालिकाको शिक्षालयलाई सम्मान

काठमाडौँ, २७ असोज । बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई विद्यालय शिक्षा र व्यावसायिक शिक्षा प्रदान गर्ने विद्यालयलाई सम्मान गरिएको छ । त्रिवि शिक्षण अस्पताल, नाक, कान घाँटी (इएनटी) विभागअन्तर्गत स्थापित कल्याणमणि आचार्य दीक्षित स्मारक कोषको २८औँ वार्षिकोत्सव समारोहमा बाग्लुङ नगरपालिका– १ बाङ्गेचौरस्थित धौलागिरि बहिरा (आ) माविका संस्थापक केबी राना मगर र कोषले बहिरा भैरहवाकी […]

राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत मात्र

काठमाडौँ, २७ असोज । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिए । “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब […]

सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बन्यो चीन

एजेन्सी । अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ […]

कर फर्छ्योट आयोगले यस्ताेसम्म महाअपराध गरेकाे खुलासा

त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष […]

यसरी गाडिएका छन नेपाल प्रहरीमाथि शक्तिराष्ट्रका आँखा

काठमाडौं उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल […]

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन

काठमाडौँ, २५ असोज । व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रूपमा सदस्य बन्नेछ । अन्य २७ वटा देशले पनि सदस्यताका […]