प्रगतिशील लेखक संघ फुट्यो ३८ जना लेखक विद्रोह गरी नयाँ धार निर्माणमा

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस) अाैपचारिक रुपमै फुटेकाे छ । संघमा आवद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्य समेत गरी ३८ जनाले संघबाट विद्रोह गर्दै अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेपछि प्रलेसकाे विवाद बाहिर छताछुल्ल भएकाे हाे ।  विद्राेह […]

प्रदेश सरकारले राजिनामा मागेपछि शिक्षामन्त्री पत्रकार सम्मेलन गर्दै, आउला त राजिनामा

काठमाडौं, १५ चैत । एसईई परीक्षाको प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिरिएपछि राजिनामा माग गरिएका शिक्षामन्त्री गिरिराजमणि पोखेरलले पत्रकार सम्मेलन आयोजना गरेका छन् । प्रदेश नम्बर २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले संघीय शिक्षामन्त्री पोखरेलको राजिनामा माग गरेको थियो । प्रदेश नम्बर २ मा लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएको घटना अहिले […]

अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा

खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत […]

धादिङमा चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

धादिङ, १५ चैत । दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया […]

बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु

म्याग्दी १४ चैत । म्याग्दीका पाँच स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका कूल ३८ वडाबाट बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु गरिएको हो । धवलागिरि गाउँपालिकामा भने रोजगार संयोजक […]

औषधि छ तर स्वास्थ्यकर्मी छैन

हुम्ला, १४ चैत । जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन […]

बालिका बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला

गाईघाट, १४ चैत । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ […]

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीनको मृत्यु

सर्लाही, १३ चैत । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो […]

लागुऔषध ‘बरामद हुन्छ तर नष्ट गरेको प्रमाण हुँदैन’

बाँके, १३ चैत । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद […]

१० हजार शिक्षकलाई विदा दिन सरकारले ५ सय २५ करोड रकम छुट्यायो

काठमाडाैं । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा अनुतीर्ण भएका करिब १० हजार अस्थायी शिक्षकलाई सरकारले विदाइ गर्ने भएकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि बढाइएको जानकारी दिएका छन् । करिव १० हजार शिक्षक विदाइ गर्नका लागि सरकारले पाँच अर्ब […]