गौचन हत्या छानविनका लागि गठित समितिको संयोजक दुर्इ दिनमै किन फेरियो ?

काठमाडौं, २४ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याकाे छानविन गर्न गठित समितिकाे संयाेजक परिवर्तन गरिएकाे छ । सोमबार दिउँसो राजधानीको बानेश्वर रहेकाे घर नजिकै कारमा गइरहेका बेला गाैचनकाे अज्ञात समूहले गाेली हानी हत्या गरेकाे थियाे । उनकाे हत्याकाे छानविन गर्न सरकारले एसएसपी शेरबहादुर बस्नेतकाे संयाेजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकाे थियाे […]

दाङमा भेटियाे पेट्राेलियम खानी

दाङ, २४ असाेज । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले […]

कंगोबाट किन फर्काइए १५० नेपाली सैनिक

काठमाडौं, २४ असाेज । नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् । सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार […]

गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो

काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]

राजधानीमा बन्दुकको बिगबिगी 

काठमाडाै‌, २४ असाेज । शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ […]

स्कूल बसका चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

काठमाडौँ, २२ असोज । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था […]

आयल निगमका भ्रष्ट कार्यकारी निर्देशक खड्काको बचाउमा उत्रियो सर्वोच्च अदालत

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ […]

अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको सम्मेलन सम्पन्न

धनगढी, २२ असोज । अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको यहाँ भएको सम्मेलन चारबुँदे सुदूरपश्चिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रमा सुदूरपश्चिमको समग्र विकासका लागि प्रवासी युवाको सीप र पुँजीलाई संकलन गरी विभिन्न योजनामा परिचालन गर्नका लागि राज्य र अन्य सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ […]

स्याललाई हानेको गोली मानिसलाई लागेपछि

सिन्धुली, २२ असोज । गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए । नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु […]

शारीरिक सुगठनमा नेपाललाई अन्तराष्ट्रिय सफलता

काठमाडौँ, २२ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् । ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले […]