दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रशासनको अनुमति

काठमाण्डौं, २ माघ । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेक भन्दै उजुरी दर्ता गरेका थिए । उक्त कसुरमा प्रहरीले अनुसन्धान […]

ग्यास खपत एक दशकमा चार गुणा बढ्यो

काठमाडौँ, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ […]

देशभर मौसम बदली, २ दिन वर्षा र हिमपात हुने

काठमाडौँ, २ माघ । वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज बिहीबार देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय वायु प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ । यो प्रणालीले देशका धेरैजसो भूभागमा पानी पार्ने र उच्च […]

नेपाल पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुन्छ: कृषिमन्त्री

लुम्बिनी, २ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन । रुपन्देहीको अमुवामा बुधबारदेखि शुरु भएको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भुसालले कृषिका हरेक क्षेत्रको संरक्षण जरुरी भएकाले त्यसतर्फ सरकारले योजनाबद्ध कदम चाल्न […]

नेप्से २० अङ्कले लाग्यो उकालोतिर

काठमाडौं, १ माघ । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने […]

नेपाल आयल निगमले कमायो आठ अर्ब ७५ करोड नाफा

काठमाडौँ, कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड करपछिको मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ […]

नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाडौं, १ माघ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ […]

उमावि र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

काठमाडौं, १ माघ । विद्यालय तहका राहत र साविकको उच्च माध्यमिक तहको अनुदानमा कार्यरत शिक्षकको कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण हुने गरी शिक्षा मन्त्रालयले शिक्षा ऐनको मस्यौदा तयार गरेको छ । ऐनको मस्यौदामा उल्लेख भएको उक्त व्यवस्था हुबहु पारित भएमा अहिले कार्यरत उक्त कोटामा सबै शिक्षक स्वतः स्थायी हुने छन् । प्राथमिक तर्फको राहत अनुदान कोटा […]

सुन्दा लाज हुने र रुखो बोलीका यातायात मजदुर, लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू

काठमाडौं १ माघ। रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौंँ उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो । त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । तर कति सम्भव […]

थारु समुदायमा धुमधामका साथ माघी पर्व मनाइदैं

काठमाडौँ, १ माघ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ […]