नेपाल आयल निगमले कमायो आठ अर्ब ७५ करोड नाफा

काठमाडौँ, कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड करपछिको मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ […]

नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाडौं, १ माघ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ […]

उमावि र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

काठमाडौं, १ माघ । विद्यालय तहका राहत र साविकको उच्च माध्यमिक तहको अनुदानमा कार्यरत शिक्षकको कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण हुने गरी शिक्षा मन्त्रालयले शिक्षा ऐनको मस्यौदा तयार गरेको छ । ऐनको मस्यौदामा उल्लेख भएको उक्त व्यवस्था हुबहु पारित भएमा अहिले कार्यरत उक्त कोटामा सबै शिक्षक स्वतः स्थायी हुने छन् । प्राथमिक तर्फको राहत अनुदान कोटा […]

सुन्दा लाज हुने र रुखो बोलीका यातायात मजदुर, लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू

काठमाडौं १ माघ। रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौंँ उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो । त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । तर कति सम्भव […]

थारु समुदायमा धुमधामका साथ माघी पर्व मनाइदैं

काठमाडौँ, १ माघ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ […]

टुँडिखेलमा माघी महोत्सव

काठमाडौं । थारु समुदायको नयाँ आर्थिक वर्ष माघीको अवसरमा अाज बुधबारदेखि टुँडिखेलमा ‘माघी महोत्सव’ सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने महोत्सवको अाज दिउसाे १ बजे पूर्वप्रधानमन्त्री एवं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक कनुलाल चौधरीले बताए। उनका अनुसार विहान १०:३० बजे बसन्तपुरबाट झाँकी र्‍यालीको […]

सामूहिक बलात्कारका चार दोषीलाइ ७ दिनपछि झुण्ड्याइदै, मृत्युदण्डअघि परिवारलाइ भेटन दिइने

काठमाडौँ । भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् । टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’ कारागारका अधिकारीले भनेका छन् […]

वस्थापन गतिलो नहुँदा खेर जान्छ संकलन गरेको रगत

काठमाडौं, २९ पुस । रगत व्यवस्थापन गतिलोसँग नहुँदा बेला–बेला अभाव हुने गरेको छ । चिकित्सकहरूले आवश्यकभन्दा बढी माग प्रेस्किप्सन गर्दा पनि रगत खेर जाने गरेको रक्तसञ्चारको भनाइ छ । रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालले एक मानिसबाट लिएको रगतले तीन जनालाई काम गर्छ । तर चिकित्सहरूले तुरुन्तै दान गरेको गरेको रगत होल्ड ब्लड माग्दा रगत अभाव […]

दूरसञ्चार प्राधिकरणको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस!

काठमाडौं, २९ पुस। सोमबार काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एनसेलका अनुसार सन् २०१९ मा मात्रै ३० जिल्लाका ५० भन्दा बढी टावरहरुमा आगजनी भएको छ । “सन् २०१९ […]

उपत्यकाका प्रहरी कार्यालयमा अधिकृत र जवानको एउटै मेस

काठमाडौं, २९ पुस । उपत्यकाका सबै प्रहरी कार्यालयमा अधिकृत र प्रहरी जवानको एकै मेस हुने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले सबै एकाइ कार्यालय प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले भने त्यो व्यवस्था लागु गरिसकेको छ । यसअघि प्रहरी अधिकृत र तल्लो तहका प्रहरीका लागि छुट्टाछुट्टै […]