सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको […]
समाज
पिङले लियो ज्यान
दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो । काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती गाउँका ५० वर्षीय गणेश परियारको पिङ हाल्न जादा रुखबाट लडेर निधन भएको काभ्रे प्रहरीले पुष्टि गरेको छ । आइतबार बिहान नजिकैको बरको रुखमा पिङ […]
रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा
भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले सम्झौता पत्रामा हस्ताक्षर गर्दै भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा प्रवाह हुने सार्वजनिक गरेका हुन् । […]
मंगलवार राष्ट्रिय शोक घोषणा, एकै विषयमा मन्त्रिपरिषद्को ११ निर्णय
इजरायलमा शनिवार प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि नेपाल सरकारले मंगलवार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठक नेपालीको निधन, राहत र उद्धारमा केन्द्रीत रहेको थियो । बैठकले यसबारे ११ निर्णय गरेको छ । बैठकले गरेका निर्णय निम्नबमोजिम रहेका छन् […]
जबरजस्ती करणी अभियोगमा युवक पक्राउ
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पनौतीमा केरा खाने तथा घुम किन्ने जात्रा
काभ्रे, २२ जेठ २०८० काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ । जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो । पार्वतीले ६४ योगिनीको रूप धारण गरी भगवान् महादेवलाई लखेटेको र महादेवले […]
मुस्ताङमा चोरी भक्तपुरमा पक्राउ
भक्तपुर, १९ बैशाख २०८० मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ लामाटोल स्थायी ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् । गत पुस […]
यातायातका उपसचिव अख्तियारको फन्दामा, स्वर्गीय आमालाई समेत प्रतिवादी
काठमाडौं १४ बैशाख २०८० । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई अख्तियारको फन्दामा परेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । उजुरी उपर अनुसन्धान हुँदा भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि मिति २०७५ मंसिर […]
शिर्ष नेताबीच सहमती
भक्तपुर, ४ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बिहान बसेको बैठकमा सहमती जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक […]
मध्यपुर थिमीमा २७ वर्षीय सुजनको जिब्रो छेडेर जात्रा मनाइयो
भक्तपुर, २ बैशाख २०८० । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि त्यसलाई सबै मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्राको शुरुवात भएको बिश्वास गरिन्छ । जात्राको […]










