ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, ०६ फागुन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको […]

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘गुण्डा नाइके’ सत्यमान पक्राउ

काठमाडौँँ , ६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ुगुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा […]

प्रदेश सरकारले किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै

काडमाडौँ, ६ फागुन । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत […]

पेट्रोलियम तथा ग्यास पाइपलाइन परियोजना अघि बढाउन समिति गठन

काठमाडौँ, फाुगन ६ गते । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको […]

घुससहित सव इञ्जिनियर पक्राउ

भोजपुर, ६ फागुन । भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको […]

महामारीको रुप लिएको कोरोनाबाट ज्यान गुमाउने १९ सय पुग्यो!

बेइजिङ, ६ फागुन । महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाले ज्यान […]

पानीजहाजभित्र कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा उपचार गरिरहेका आफ्ना ३५० नागरिकलाई हङकङले उद्धार गर्दै

एजेन्सी, जापानको डायमोन्ड प्रिन्सेस क्रुज पानीजहाजमा फसेका ३५० हङकङ नागरिक लिन दुईवटा क्याथे प्यासिफिक विमान जापान जाने भएको छ।३५ सय यात्रु चढेको जापानी पानीजहाजमा कोरोनाभाइरस देखिएपछि उक्त पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर संक्रमितको उपचार भइरहेको छ । अन्य यात्रुलाई पनि तल झर्न दिइएको छैन। यसबीचमा अमेरिकाले आफ्ना ४ सय नागरिक उक्त पानीजहाजबाट उद्धार गरेको छ। जसमध्ये […]

आजको संयोग: निवर्तमान सभामुख जेल बसाइबाट मुक्ति, उपसभामुखलाई मन्त्रालय

काठमाडाैँ ५ फागुन । बलात्कार प्रयास मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि निवर्तमान सभामुख झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी चार महिना लामो जेल बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमै मन्त्रीनिवास सर्नेछिन्। गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे […]

सामूहिक बलात्कार गर्ने भारतीयसहित दुई जना पक्राउ

जनकपुरधाम, ५ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एक जना महिलाको सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । ३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । […]

टेलिकमको फ्रिडम प्याकः १५ रुपैयाँमा २४ घण्टा कुराकानी

काठमाडौँ, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याकमा थप  गरेको छ । विभिन्न मूल्यमा खरिद गर्न सकिने यस्ता प्याकमा कम्पनीले थप विशेषता थप गरेको हो । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र […]