आजबाट नयाँ वर्ष शुरु

काठमाडौ । विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक […]

बिस्का जात्रामा रथले किच्दा गयो युवकको ज्यान

भक्तपुर । भक्तपुरमा जारी विस्का जात्राको चौथो दिन आइतबार रथको पाङ्ग्राले किचेर एक जनाको ज्यान गएको छ । ज्यान जाने पुरुष ब्यक्ति भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरवनाथको रथलाई ग:हिटीबाट भेलुखेलतर्फ लैजानेक्रममा रथको पाङ्ग्राले किच्दा उनको ज्यान गएको बताइएको छ । राति करिब ८ बजेको समयमा दुर्घटना भएको हो । अन्दाजी ३२-३४ वर्षका युवक देखिने […]

नेवा: संस्कृति संरक्षणमा वाइसीएलको पहल, समाजसेवी कार्कीको साथ

आकाश गजुरेल, भक्तपुर । समाजसेवी सविन कार्कीले नेवारी संस्कृति संरक्षणमा योगदान पुर्‍याउदैँ मतिना धिमे खल: ख्वप: (कुभिचा टोल, भक्तपुर-९) लाई परम्परागत नेवारी वाद्यवादन उपकरण धा र भुंसे हस्तान्तरण गरेका छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल) भक्तपुरको पहल र समन्वयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कार्कीले ती बाजाहरु मतिनाका अध्यक्ष सविन प्रजापतिलाई हस्तान्तरण गरे । “धा” र […]

दुर्गा प्रसाईं पक्राउ नपरेका प्रहरीको प्रष्टाेक्ति

काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका समाचारमा सत्यता नभएको प्रहरीले जनाएको छ । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका प्रहरी […]

सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक पर्व विस्का: जात्रा शुरु

राजेशमान मानन्धर, भक्तपुर । सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) बिहीबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा […]

हुलाकमा पनि भ्रष्टाचार, पत्रकार सम्मेलन गरेरै यस्तो खुलासा

काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो गरेकी हुन् । ऐडीका भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा […]

पत्रकार प्रजापतिलाई पितृशोक

परिवर्तनशील आवाज साप्ताहिकको प्रकाशक सम्पादक एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य रामचन्द्र प्रजापतिलाई पितृशोक परेको छ । पत्रकार प्रजापतिका पिता राजकुमार प्रजापतिको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । भक्तपुर अस्पतालमा उपचारका क्रममा निधन भएका प्रजापतिको पार्थिव शरीरलाई बिहीबार बिहान भक्तपुरको हनुमानघाट पुर्याई अन्त्येष्टि समेत सम्पन्न गरिएको पारिवारिक श्रोतले जनाएको छ । दिवङ्गत प्रजापतिका […]

भक्तपुरको राधेराधेमा जारी सप्ताहको आज समापन : साँझ बिशेष कार्यक्रम, राति जाग्राम

भक्तपुर । भक्तपुरको राधेराधेमा जारी श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ आज समापन हुने भएको छ । मानव कल्याण समाज (सेवा घर) को आयोजनामा सञ्चालन भईरहेकाे श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञकाे आज बि बेलुकी विशेष समापन कार्यक्रम हुने आयोजक समितिका सचिव बेदप्रसाद खरेलले बताएका छन् । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश […]

महिला र युवालाई कानुनी ज्ञान अझबढी आवश्यक : ढकाल

भक्तपुर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लेखक एवम् बिश्लेषक डीपी ढकालले महिला र युवालाई कानुनी ज्ञान बढी आवश्यक रहेको बताएका छन् । महिला बिकास केन्द्रले थिमिमा आयोजना गरेको कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रमलाई मंगलबार उद्घाटन गर्दै बौद्धिक नेता ढकालले कानुनले दिएको अधिकार थाहा नहुँदा महिलाहरु हिंसामा परेर पनि सहेर बस्नुपर्ने बाध्यता रहेको बताए । उनले […]

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरलाई पितृशोक

काठमाडौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रेस सेन्टर नेपालका नेता कृष्ण सारुमगरलाई पितृशोक परेको छ । उनका पिता सुर्जबहादुर मगरको ५५ वर्षको उमेरमा असामयिक निधन भएको हो । आइतबार मकवानपुरको मकवानपुर गढी नजिकै अटो चलाउँदै गर्दा माथिबाट आएको ढुङ्गा टाउकोमा लागि उनी गम्भीर घाइते भएका थिए । हेटौंडा अस्पताल र भरतपुर […]