चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई […]

कोभिड १९: बिन्ध्यवासिनी मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । सो भाइरसको जोखिमको असर बिन्ध्यवासिनी मन्दिरमा […]

वनका भवनलाई क्वारेन्टाइन कक्ष प्रयोग गर्न सकिने

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा २२ हजार २६६ महासङ्घसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ […]

कोभिड–१९ संक्रमणबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

काठमाडौं, १० चैत । कोभिड–१९ को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ । बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका […]

कोरोनाको त्रासबीच १४० वर्ष यताको ठूलो भुकम्प

एजेन्सी । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति भएको छ । भवनहरु भत्किएनुका साथै सवारी साधानमा क्षति पुगे पनि मानवीय क्षति भएको जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर एक किशोर गम्भीर अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जाग्रेब शहर केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो १४० वर्ष […]

कोरोनाको त्रासले जेलमा भागदौड मच्चिदा २३ को मृत्यु

काठमाडाै‌ । कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो। कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा […]

सेयर बजार पाँच दिनका लागि बन्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई सेयर बजार बन्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डको निर्देशन नेप्सेमा पठाएको जानकारी दिए । उनका अनुसार […]

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा. खतिवडाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी […]

नेपालको सिमा जोडिएको बिहार राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ, ९ चैत । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो । जसअनुसार आइतबार मुम्बईमा छ जना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण […]

उपत्यका बाहेक अरु ठाउँमा भोली देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ, ९ चैत । सरकारले भोली देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । तर काठमाडौं उपत्यका काठमाण्डौ, […]