नेपालको सिमा जोडिएको बिहार राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ, ९ चैत । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो । जसअनुसार आइतबार मुम्बईमा छ जना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण […]

उपत्यका बाहेक अरु ठाउँमा भोली देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ, ९ चैत । सरकारले भोली देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । तर काठमाडौं उपत्यका काठमाण्डौ, […]

पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, ९ चैत ।गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । नुवाकोटमा एक महिलामाथि पाँच जना युवकले सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र […]

कैलालीमा विस्फोट हुदा एकको मृत्यु

धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको […]

बाँकेको जमुनाहा नाका एक साताका लागि बन्द

काठमाडौं, ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए । खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट […]

बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी […]

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते

तनहुँ, ९ चैत । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते भएका छन ।  तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना भएको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधामबाट मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ

९ चैत । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ परेका छन् । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएपछि कालोबाजारी गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा […]

कोभिड–१९ संक्रमतिको संख्या विश्वभर तीन लाख बढि, मर्नेको संख्या १२ हजार ९७३

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै […]

नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास […]