एकै परिवारका ८ जनामा कोरोना भाइरस भएको पुष्टि

काठमाडाैं । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म […]

भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

भक्तपुर । ‘कडाउन’को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेमा रहेको १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गरिने भएको छ ।भवनमा नेपाली सेनाको नेतृत्वमा अभाव भएमा भक्तपुर जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गरी खाद्य भण्डारण गर्ने भएको हो । उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा […]

काठमाडौं महानगरको पहलमा ‘नेपाल कोभिड १९ निगरानी प्रणाली ’ निगरानीको शुभारम्भ

चैत्र १७ ,काठमाडौं । कोरोना (कोभिड — १९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभा—गृहबाट प्रणालीको शुभारम्भ गर्नुभएको हो । यसका लागि सूचना प्रबिधि महाशाखाले समन्वय गरेको थियो । सफ्टवेयर विकासकर्ता सूचना प्रविधि […]

ज्वरो र खोकी लागेर वीर अस्पतालमा भर्ना भएको भोलिपल्टै ३४ वर्षीय महिला र पुरुषको मृत्यु

काठमाडौं, १७ चैत । राजधानीको पुरानो अस्पताल वीर अस्पतालमा कोरोना संक्रमित भएको आशंका गरिएका २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुबै जनाको रिपोर्ट परिक्षण भइरहेको तर त्यसको रिपोर्ट आइनसकेको वीर अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ५० वर्षका एक पुरुष र ३४ वर्षकी एक महिला छन् । ३४ वर्षकी महिला काठमाडौंको चन्द्रागिरि […]

कोरोनाले विदेशी मदिरा आयातमा रोक

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा आयातमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म मदिरा आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ। त्यस्तै सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका […]

किमम फाउण्डेशनद्वारा विपन्न परिवारलाई राहत

कपिलवस्तु  । ‘लकडाउन’को चपेटामा परेका कपिलवस्तुका करीब ४सय गरीब घरपरिवारलाई राहत वितरण गरिएको छ । किमम फाउण्डेशन नेपालले दयनीय जीवन विताइरहेका विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । कृष्णनगर नगरपालिकाको करीब ४ सय गरीब घरपरिवारलाई झण्डै साढे ४ लाख बरारबरको राहत सामग्री वितरण गरिएको किमम फाउण्डेशन नेपाल कपिलवस्तुका अध्यक्ष शैख अब्दुल कयूम मदनीले जानकारी दिए […]

कपिलवस्तुमा ८५ जना क्वारेन्टाइनमा

कपिलवस्तु ।कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि कपिलवस्तु जिल्लामा ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रा्ेजगारीका लागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरु क्वारेन्टाइनमा राखी पालिका र प्रहरीको बिशेष निगरानी बढाइएको हो । जिल्लाका १० वटै पालिकामा आइतबारसम्म २सय ४२ क्वारेन्टाइन र ८ वटा आइसोलेशन बेड स्थापना गरिएका छन् । जिल्लाभर स्थापना गरिएका क्वारेनटाइनमा हालसम्म […]

विपन्न परिवारका साथमा सहयोगी हात

कपिलवस्तु । दैनिक मजदूरी गरी छाक टार्दै आएका १२ विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ (कोरोना भाइरस) का कारण गरिएको ‘लकडाउन’ मा छाक टार्न धौ धौ अति विपन्न, गरीब १२ परिवारलाई राहत वितरण गरिएको हो । कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायीहरुले संयुक्त रुपमा शिवराज ५ […]

लकडाउन चैत २५ सम्म लम्बियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो […]

चीन सरकारले दिएका स्वास्थ्य सामाग्री बोकेर नेपाल आइपुग्यो चिनियाँ विमान

काठमाडौं, १६ चैत । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’ राजदूत यान्छीले नेपाल ल्याउन […]