लकडाउन चैत २५ सम्म लम्बियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो […]

चीन सरकारले दिएका स्वास्थ्य सामाग्री बोकेर नेपाल आइपुग्यो चिनियाँ विमान

काठमाडौं, १६ चैत । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’ राजदूत यान्छीले नेपाल ल्याउन […]

कोरोनाले स्पेनकी राजकुमारीको निधन, राजकुमार पनि संक्रमित

काठमाडौं, १५ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । […]

कोरोनाको त्रासबीच विराटनगरमा बिभत्स हत्या, ९ दिनसम्म बन्धक बनाइ साथीलाइ कुटेर साथीले हत्या गरेको आरोप

विराटनगर । कोरोनाले विश्वलाइ त्राही त्राही बनाइरहँदा माेरङमा एक बिभत्स हत्या भएकाे छ । आर्थिक अवस्था निकै कमजाेर भएका र घरपरिवारमा पनि राम्राे सम्बन्ध नभएका एक युवककाे सँगै काम गर्ने छिमेकीले ९ दिनसम्म कुटीकुटी हत्या गरेकाे खुलेकाे छ । ९ दिनसम्म छिमेकीले कुटिकुटी आँखासमेत फुटाल्दा पनि ती युवक कतै भाग्न पनि नसकेकाे पाइएकाे छ । […]

टेकु अस्पतालमा उपचाररत तीन कोरोनाका बिरामीको यस्तो छ अवस्था

काठमाडौं, १५ चैत । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको […]

नेपाललाइ सहयोग गर्न कोरियामा उठाइयो करोडौ सहयोग, २ हजार कोरोना जाँच किट पठाउने तयारी

काठमाडौं, १५ चैत । गैर अावासीय नेपाली संघ काेरियाले नेपाललाइ कोरोनाकाे भाइरस जाँच्ने किट सहयाेग गर्ने भएकाे छ । एनअारएन काेरियाले काेराेना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स सहयाेग गर्ने जनाएकाे छ । उक्त किट खरिद गर्नका लागि एनअारएन काेरियाले काेरियामा रहेका नेपालीबाट दुई दिनमा रु एक करोड बीस लाख […]

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले […]

कोरोना त्रासः जुमाको नमाज घरमै पढे कपिलवस्तुका मुस्लिम समुदायले

कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबारीय जुमाको नमाज घरमै पढेका छन् । कोरोना भाइरसको त्रास बढेपछि सरकारले लकडाउन गरेपछि मुस्लिम समुदायले शुक्रबार घरमै बसेर जुमाको नमाज पढेका हुन् । मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लाका मुस्लिम समुदायले हरेक शुक्रबार मस्जिदमा गई जुमाको नमाज पढ्ने गरेकोमा कोरोना त्रासका कारण आ–आफ्नै घरमा जुमाको नमाज पढेको मदरसा बोर्ड प्रदेश ५ का […]

लकडाउनले ठप्प काठमाडौँ १४ ताजा फोटोमा अपडेट

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ। कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्। काेराेना भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्। पछिल्लो समय कोरोनाले विकराल अवस्था […]

पाल्पामा निषेधाज्ञा जारी

पाल्पा ।  सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी […]