देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान […]

आज शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ […]

हर्क शैलीमा समाजका लागि तल्लीन यी हुन् सनोज महत

ललितपुर। सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी छन्। हातमा माइक बोकेर एक व्यक्ति अगाडि उभिएका छन्—लङकोट र बुटमा सजिएका, तर कुनै औपचारिक मञ्चमा होइन । न झिलिमिली ब्यानर छ, न नाराले भरिएको चुनावी सभा। उनी छन्—बस्तीभित्र, जनताकै घरदैलोमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको ‘जनमुखी’ चुनावी यात्राजस्तै शैली अहिले दक्षिण […]

बंगलादेशमा फेरि अर्का हिन्दु युवकको हत्या

ढाका । बंगलादेशमा फेरि भिडले एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेको छ । राजबारी जिल्लाको होसेनडाँगा गाउँमा बुधबार राति करिब ११ बजेको समयमा यो घटना भएको हो । प्रहरीका अनुसार मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटका रूपमा पहिचान गरिएको छ । प्रहरीले अमृतलाई जबरजस्ती असुलीको आरोपमा भिडले मारेको जानकारी दिएको छ । उनी होसेनडाँगा […]

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । तर, बिहीबार भने छापावाल सुनको मूल्य […]

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ […]

बस र लरी ठोक्किँदा कर्नाटकमा ११ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ। ठक्करपछि बसमा आगो लागेको थियो। बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र […]

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा […]

रूसी वरिष्ठ जनरल मारिएको ठाउँ नजिक फेरि विस्फोट, दुई प्रहरीको मृत्यु

काठमाडौँ । रूसको राजधानी मस्कोमा बम विस्फोट हुँदा २ प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। एक व्यक्ति शंकास्पद गतिविधि गरिरहेको जस्तो देखिएपछि दुई जना प्रहरी अधिकारी ती व्यक्ति नजिक पुगेका थिए। उनीहरू नजिक पुग्नासाथ ठूलो आवाजसहित विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। विस्फोटमा परी दुई प्रहरी अधिकारी र ती संदिग्ध व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। […]

आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । क्रिश्चियन धर्मावलम्बीहरूले आज येशु ख्रीष्टको जन्मको स्मरणमा क्रिसमस डे विविध कार्यक्रमका साथ मनाइरहेका छन्। प्रेम, शान्ति र मुक्ति प्रदान गर्न पृथ्वीमा अवतरण भएको विश्वास गरिने येशु ख्रीष्टको जन्म आजकै दिन करिब दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा भएको मानिन्छ। नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई तीन महत्वपूर्ण उपहार—प्रेम, शान्ति […]