थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन् […]

कोरोना संक्रमितलाई लिन पुगेको प्रहरीमाथि अवरोध, हवाई फायर गर्दै पछि हट्यो प्रहरी

कोरोना भाइरस संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मी माथि अवरोध भएको छ । रौतहटमा केहि मानिस प्रतिकारमा उत्रिएपछि अवरोध उत्पन्न भएको हो । शुक्रवार विहान रौतहटकाे इशनाथ नगरपालिका–७ स्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जना संक्रमित व्यक्तिलाई लिन पुगेका प्रहरी र स्वास्थ्यकर्मीलाई केहि स्थानीयले अवरोध पुर्याएपछि स्थिति तनावग्रस्त बनेको थियो । संक्रमितलाई उपचारका लागि […]

ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना […]

कञ्चनपुरको क्वारेन्टाइनमा खटेका वडाअध्यक्षको मृत्यु

कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको  छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए । वडाअध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । साेही क्रममा उनी क्वारेन्टाइनस्थलमै एक्कासी बेहोस भएका थिए । उनलाइ तत्कालै सेती प्रादेशिक […]

अर्गानिक खेती सम्बन्धी सन्देश

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अर्गानिक खेती सम्बन्धी जनहितमा जारी सन्देश  विषादी विष नै हो औषधि होइन । विषादीको अवैज्ञानिक र असुरक्षित प्रयोगको कारण वातावरण, माटोमा भएका लाभदायक किटाणुको नाशका साथै मानव स्वास्थ्यमा गम्भीर दूरगामी असर पार्ने हुन्छ । विषादी प्रयोगको कारण क्यान्सर, हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास […]

क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट

काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]

लागुऔषध कारोबारी र प्रहरीबीच भीडन्त एकको मृत्यु

महाेत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा आइतबार राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरीले लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ […]

बाँकेको दुई नयाँ ठाउँमा फेला परे कोरोनाका ४ संक्रमित

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाका आठ स्थानीय तह मध्ये अहिलेसम्म डुडुवासहित पाँच पालिकामा कोरोना संक्रमण देखा परेको छ । नेपालगञ्जमा सुरुमा देखा परेको कोरोना भाइरसको संक्रमण नरैनापुर, खजुरा, राप्तीसोनारी हुँदै डुडुवामा समेत देखा परेको हो । अहिलेसम्म कोहलपुर, बैजनाथ र जानकी गरी तीन पालिकामा भने संक्रमण देखिएको […]

लकडाउनमा भक्तपुरमा २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई […]

दलित युवा र ठकुरी युवतीको प्रेमले निम्त्यायो विपत, २ को मृत्यु ७ जना वेपत्ता

जाजरकोट । शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको आक्रमणपछि बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका ६ युवामध्ये एक जनाको शव सल्यानस्थित भेरी नदिको किनारमा भेटिएको छ। नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर शनिबार साँझ चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। समूह आएलगत्तै युवतीका परिवार, गाउँलेहरु जम्मा गरी उनीहरुविरुद्ध आक्रमणमा उत्रिएका थिए। प्रहरीले […]