ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको हो । उनकाे बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ रहेकाे स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

डा. गेलालले ती व्यक्ति सुरुमै किस्ट अस्पताल अाएका थिएनन । उनी यही जेठ ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, त्यहाँ आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । किस्ट अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि टेकु पठाएको थियो ।

टेकुमा गरिएकाे परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हाे ।

Loading...