अर्गानिक खेती सम्बन्धी सन्देश

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अर्गानिक खेती सम्बन्धी जनहितमा जारी सन्देश 

  • विषादी विष नै हो औषधि होइन । विषादीको अवैज्ञानिक र असुरक्षित प्रयोगको कारण वातावरण, माटोमा भएका लाभदायक किटाणुको नाशका साथै मानव स्वास्थ्यमा गम्भीर दूरगामी असर पार्ने हुन्छ ।
  • विषादी प्रयोगको कारण क्यान्सर, हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरु, मिर्गौलासम्बन्धी , छालासम्बन्धी रोगहरु लाग्ने अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । रासायनिक विषादीको प्रयोगलाई क्रमशः यथाशक्य विस्थापनको विकल्प प्राङ्गारिक खेती र जैविक विषादीको प्रयोग नै हो ।
  • जैविक विषादीको रुपमा नीम, बाबरी, तीतेपाती, कपूर, टिम्बूर, बकाइनो, खिर्रो, केत्तुकी, असूरो आदि जडीबुटी लगायत गाईभैंसीको गहुँत तथा खरानी समेतको प्रयोगले बालीनाली र बीउ जोगाउने काम गरौं ।

अर्गानिक खेती प्रणाली अपनाउनुका आधारभूत उद्देश्यहरु

  • दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न ।
  • कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।
  • पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त खाद्य पदार्थहरू उत्पादन गर्न ।
  • कृषक र कृषि उत्पादकहरू पेसाबाट जीवन बिताउन र विकास सम्भव तुल्याउन ।
  • क्यान्सर, श्वासप्रश्वास, मुटु, मिर्गौला, कलेजो, आँखा, रगत, पाचन प्रणाली नशा रोग आदिबाट बच्न र बचाउन ।
Loading...