काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको […]

तीन महानगर प्रमुखमा एमालेले बनायो सर्वसम्मत उम्मेदवार, बाँकीमा विवाद कायमै

काठमाडौँ । देशका ६ वटा महानगरपालिकामध्ये नेकपा एमालेबाट ३ वटामा प्रमुखमा सर्वसम्मत उम्मेदवार तय भएका छन्। चितवनको भरतपुर, ललितपुर र पर्साको वीरगन्ज महानगरपालिकामा तल्लो कमिटीबाट सर्वसम्मत आएका नामलाई एमालेको सचिवालय बैठकले सदर गरेको हो। ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यन्जनकार, वीरगन्जमा विजय सरावगी र भरतपुर महानगरपालिकामा विजय सुवेदी एमालेबाट मेयरमा उठ्ने भएका छन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले […]

‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ ’ : चिरिबाबु महर्जन

काठमाडौँ –  लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्ने बताउनु भयो। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताउनु भएको हो ।  उहाले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बउनु भयो । त्यसैगरी मेयर […]

भोट माग्न मतदातासँग औंठाछापसहित तमसुकपत्र नै दिइने

काठमाडौँ, ६ बैशाख । अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ। अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र […]

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको निर्णय बिरुद्द  दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले  अल्पकालीन अन्तरिम  आदेश दिएको हो।   न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेकाे आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन […]

सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो । सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष […]

नौ देशका सैनिकसहित शिवपुरीमा सेनाको ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ। नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य […]

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । समितिले आइतबारबाट आफ्नो काम अघ बढाएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ […]

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन्। सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ। कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका कर्णाली प्रदेश […]

निर्वाचनका लागि खटाइयो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। […]