काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।

मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। मेयरका लागि सिफारिसमा परेकी श्रृजना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्।

यस्तै उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर काँग्रेसको भागमा परेको हो ।

Loading...