महेन्द्रनगरको डान्सबारबाट युवतीसहित मेयर पक्राउ

कञ्चनपुर, १४ पुस । निर्वाचन जितेपछि जनप्रतिनिधिहरु जनताको काममा भन्दा रमाइलो र सुविधाभोगी भए भन्ने आरोप लागिरहेका बेला कांग्रेसबाट निर्वाचित एक मेयर मध्यराति युवतीसहित डान्सबारबाट पक्राउ परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक मेयर डान्सबारबाट पक्राउ परेका हुन् । कांग्रेसबाट निर्वाचित मेयर अमरसिंह धामी युवतीसहित डान्स बारबाट पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ । दार्चुलाको […]

प्रदेशको स्थायी राजधानी र नामाकरण पुस भित्रै टुङ्गो लगाउँछौ!

हेटौँडा, १३ पुस । प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणमा सकस खेप्दै आएको प्रदेश ३ को स्थायी राजधानी र नामाकरण अब औपचारिक रुपमा नै टुङ्गो लाग्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को आइतबार विहान बसेको सचिवालय वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा तोक्ने र बागमती नामाकारण गर्ने निर्णयसँगै स्थायी राजधानी र नामाकरण […]

सिंहदरबारमै अटेरीको हद, सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई

काठमाडौं, १३ पुस । संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५ दिनभित्र कारवाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश मन्त्रालयले कारवाहीको जानकारी नपठाएको सतर्कता केन्द्रले जनाएको छ । […]

एमसीसी र सभामुखकाबारेमा सचिवालयमा फेरि कुरा बाझियो, अध्यक्षद्वयलाई समान कुर्सी र समान हैसियतको चर्चा बढी

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ । […]

नेकपा सचिवालय बैठक: सभामुख र एमसीसी दुबैमा हुन सकेन कुनै निर्णय

काठमाडौं, १३ पुस । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज एमसीसी बारे निर्णय गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय वैठक बिना निर्णय टुङ्गिएको छ । नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, यी दुबै एजेण्डामा कुनै निर्णय गर्न नसकी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस […]

बालुवाटारमा केहीबेर अघिबाट नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार […]

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज, देउवा भने पेलेरै जाने तयारीमा

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य […]

‘दार्चुलाको बस्कोटमा सत्तारूढ पार्टीका कार्यकर्ताले घर र खरका कुन्युहरूमा आगो लगाए’

काठमाडौँ, ११ पुस । नेकपा दार्चुलाले विज्ञप्ति जारी गर्दै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ बस्कोटमा सत्तारूढ पार्टीका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको जनाएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको र त्यस्ता आपराधिक कामकारबाही गर्ने पार्टीको […]

सकेन नेकपाले सभामुख टुंगो लगाउन

काठमाडौं ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद […]

कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकि छन । मंगलबार उपप्रधानसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले राजीनामा दिएका थिए । उनिहरुले राजीनामा दिएपछि सो मन्त्रालयलाई हेर्ने जिम्मा प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिएको […]