अरु कसैले उम्मेदवारी नै नदिएपछि अग्नि सापकोटा सभामुखमा निर्विरोध

काठमाडौं, ७ माघ । संघीय प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने बताइएको छ । संसद् सचिवालयले मंगलबार ११ देखि २ […]

मोदीले भने यसै वर्ष नेपाल भ्रमणमा आउँछु

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमण गर्ने बताएका छन्। मंगलबार विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्स्फ्रेन्समार्फत गरिएको उद्‍घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको लागि दिएको निम्तोलाई मोदीले स्वीकार गरेका हुन्। नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपाल आएका छैनन् भने नेपालमा पनि केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएका […]

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ। साथै कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई समर्थन पनि नगर्ने भएको छ। कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस सचेतक पुष्पा भुसालले सभामुख तटस्थ पद रहेकाले उम्मेदवारी नदिने बताइन्। उनले उपसभामुखको उम्मेदवारी बारे कुनै निर्णय भएन बताइन्। संसदीय […]

प्रतिनिधसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक रहेका छन् । सापकोटाको उम्मेदवारीमा नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र […]

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचना सहित)

काठमाडौं, ७ माघ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो । ‘नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रही क्ति रहेका […]

नेकपामा अब हरेक महिना वनभोज जानुपर्ने तर ‘तँ’ भन्न नपाइने ‘समाजवादी’ आचारसंहिता जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टी सदस्यहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । सबै पार्टी सदस्यहरुले अनिवार्य लागु गर्नुपर्ने गरी जारी गरिएको आचारसंहितामा केही अनौठा प्रावधानहरु राखिएको छ । जुन प्रावधानहरु किन राख्नुपरेको हो भनेर धेरैले चासो राखेका छन् । नयाँ आचारसंहितामा अब हरेक महिना बनभोज गर्नुपर्ने, पारिवारिक जमघट गर्नुपर्ने […]

कडा नियम आफ्नै छोराछोरीलाई पनि ‘तँ’ भन्न नपाउने

काठमार्डौँ, ६ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्ना नेता कार्यकर्ताका लागि कसैलाई पनि ‘तँ’ भन्न नपाइने लगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अब उप्रान्त नेतारकार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको यो आचारसंहिता लागु गर्न पार्टीका सबै […]

नेकपाबाट अग्‍नि, कांग्रेसले टुंगो लगाउँदै, निर्वाचन माघ १२ गते

काठमाडौं, ६ माघ । प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो । दलहरुबीच माघ १२ मा सभामुखको निर्वाचन गर्ने सहमति भएको छ,’ खाँणले भने, ‘आज दिउँसो ४ बजे संसदको […]

संसद बैठकबाट शिवमायाले भनिन्: म मार्ग प्रशस्त गर्छु

काठमाडौं, ६ माघ । लामो समयको राजनीतिक खिचातानीपछि अन्ततस् उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्। मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु संसदमा उप सभामुख तुम्बाहाम्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्। यौन दुर्व्यवहार काण्डमा फसेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। उनले पदबाट राजीनामा दिएपछि सभामुख पद […]

उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्, अबको बैठक ठाकुरले संचालन गर्ने

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न […]