काठमाडौं, ७ माघ । संघीय प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने बताइएको छ ।
संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो। अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान उम्मेदवारी दर्ता गराएका थिए। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । कांग्रेसले
उम्मेदवारी नदिने र संघीय संसदको चौठो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समेत समर्थन गरेपछि नेकपाका नेता सापकोटा निर्विरोध निर्वाचित हुने भएका हुन् ।
असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट मानिन्छन्।