स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने प्रदेश सरकारको घोषणा

कास्की । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। बैठकले प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्चवर्र्षीय योजना स्वीकृतिका निम्ति सिफारिस गरेकामा त्यसलाई स्वीकृतको गरेको छ। त्यसैगरी कोरोना […]

लामो रस्साकस्सीपछि अन्ततः पार्टीको बैठक बोलाउन राजी भए ओली

काठमाडौँ । पार्टीका नेताहरुले दवाव दिएपछि अन्ततः सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालयको बैठक बोलाउन राजी भएका छन् । यसअघि उनले बैठक बसाउन इन्कार गर्दै आएका थिए । लामो रस्साकस्सी र केही चरणका छुट्टाछुट्टै छलफलपछि ओली बैठकमा बस्न तयार भएका हुन् । नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । […]

सर्वोच्चले आदेश दिएपछि अन्ततः प्रहरीले छोड्यो ज्ञानेन्द्र शाहीलाई

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएको हो। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ […]

लकडाउनको मौकामा मुल्य बढाएर सामान बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको […]

ओली–नेपाल समूहको छलफलमा जुटेन सहमति, भोलि सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका […]

लकडाउन १० थप दिन लम्बियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार […]

एक हप्तापछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं, १३ वैशाख । सरकारले एक हप्तापछि लकडाउन खुकुलाे पार्ने तयारी गरेकाे छ । राजधानीसहित केही अन्य जिल्लाहरुमा लकडाउन खुकुलाे पारेर नयाँ माेडालिटीमा जाने तयारी सरकारले गरेकाे हाे । कोभिड–१९ सम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाइ यस सम्बन्धमा सिफारिस गरेकाे छ । तर यसपटकका लागि भने सरकारले एक साता थप लकडाउन बढाउने भएकाे छ […]

तत्काल लकडाउन खुकुलो नबनाइने, सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय

काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ ।  समितिको […]

अन्ततः गले प्रधानमन्त्री ओली, दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]

आज ठूलो हावाहुरीसहित वर्षा हुने, सजग रहन मौसमविदको चेतावनी

काठमाडाैं । आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आज शुक्रबार दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जानकारी दिएकी हुन। ‘यसमा […]