हारेपछि चर्को आरोप(प्रत्यारोपमा उत्रिए कांग्रेस नेता

काठमाडाैं, ३ पुस । देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको […]

देउवाले आरजुलार्इ किन पठाए सुटुक्क नयाँदिल्ली ?

काठमाडाैं, ३ पुस । बावगठब्नधनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो । चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, […]

समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५,१०५ मतले अघि, माके १८,६९,७७३ मतले पछि

काठमाडौं,२ पुस । निर्वाचन अायाेगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएकाे छ । मतगणना अनुसार समानुपातिकमा सबैभन्दा धेरै मत नेकपा एमालेले पाएकाे छ । त्यसैगरी दाेस्राे स्थानमा नेपाली कांग्रेस र तेस्राे स्थानमा नेकपा माअाेवादी केन्द्र भएका छन् । अायाेगका अनुसार नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको […]

आफैले धारेहात लगाएर गाली गरेको व्यवस्थामा पार्टी चुर्लुम्म डुब्यो, एमालेमा विलिन हुँदै गरेको कसरी हेर्नु

प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सम्पन्न भयाे । अहिलेकाे चुनावी परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा जनतालाई आफ्नो लुटेरा छनौट गर्ने अधिकार दिईन्छ । जनता त्यही आशा, सपना र बिकासको अपेक्षामा मतदान गर्न पुग्छन । र, अर्को संसदीय निर्वाचनसम्मको अबधीका […]

सरकारले तयार गर्यो बेल्ट एण्ड रोड इनिसियटिभका लागि दर्जन प्रस्ताव तयार

काठमाडौँ, २ पुस । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ। चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो। चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै मुलुकको स्वार्थ […]

२६ वर्षदेखि वीरका भिभिआइपी क्याबिन किन ‍छन खाली

काठमाडौं । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन […]

हारिसकेपछि पनि सरकारमै बसेको भन्दै देउवालार्इ सरकार छाड्न ओलीको चेतावनी

भक्तपुर, १ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्न चेतावनी दिएका छन् । उनले नयाँ जनमतकाे परिणाम अाइसकेकाे बताउँदै हारिसकेपछि पनि सरकारमै टाँसिन खाेज्नु प्रजातन्त्रवादी भन्नेका लागि कदापी बान्छनीय नभएकाे बताए । उनले तत्काल नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न देउवालार्इ चेतावनी दिए । अाफ्नै निवास […]

समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप

काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ । […]

अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति

काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ । चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे […]

यसरी जिताइएको रहेछ गच्छेदारलाई, भगवती चौधरी भन्छिन, अन्तराष्ट्रिय अदालत जान्छु

काठमाडौं, पुस १ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदारसँग पराजित उम्मेदवार भगवती चौधरीले निर्वाचन परिणाम अस्वीकार गरेकी छन् सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउने र आफूलाई हराउने काम भएको भन्दै परिणाम स्वीकार नगर्ने बताईन् । मत परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर गच्छेदारले […]