गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् । बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि […]

कर्णाली प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित […]

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईको निधन

काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार मात्र कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सीसीएमसी, नेपाली सेनाद्वारा […]

यी हुन ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद

काठमाडौं । सरकार जोगाउनका लागि केपी शर्मा ओलीले आज संघीय प्रतिनिधि सभामा लिएको विश्वासको मतमा उनकै पार्टीका २८ सांसदले उनलाई मत दिएनन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिने निर्णयसहित संसद बैठकमै अनुपस्थित भएका हुन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली […]

कोरोना संक्रमणबाट एकैदिनमा अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिन १३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने मध्ये यो संख्या अहिलेसम्मकै ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् […]

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो। यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट […]

ढल्यो ओलीको सरकार, विश्वासको मत लिने प्रयास असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावमा कतै मत दिन्न भन्नेमा १५ मत परेको […]

चीनले प्रक्षेपण गरेको रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता

काठमाडौं । चीनले प्रक्षेपण गरेको एक रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता बढेको छ। रकेटको त्यो टुक्रा पृथ्वीतर्फ अघि बढिरहेको र खस्न सक्ने जोखिम देखिएको दाबी गरिएको छ। तर यसको स्पष्ट जानकारी प्राप्त भइसकेको छैन। चिनियाँ रकेट लङ मार्च–५बी गत अप्रिल २९ मा चीनको हाइनान टापुबाट प्रक्षेपण गरिएको थियो। त्यसैको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता […]

अक्सिजन सिलिन्डर दुरुपयोग भइरहेको पाइए १०० नम्बरमा फोन गरि प्रहरीलाई जानकारी दिन आग्रह

काठमाण्डाै । अक्सिजन सिलिन्डर प्रयोग विहिन तथा दुरुपयोग भइरहेको पाइए १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको जानकारी दिनुभयो । पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा […]