काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार मात्र कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका जनाएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

२४ घण्टामा कुन जिल्लामा कोरोना संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा २०, पाँचथर २, भोजपुरमा ३, मोरङमा ३५०, संखुवासभामा ७ र सुनसरी १७४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १६५, पर्सामा ११३, बारामा ३१, महोत्तरीमा ४१, रौतहटमा २८, सप्तरीमा १८, सर्लाहीमा २९ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ४७ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वत १, मुस्ताङ १, म्याग्दी ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जनामा कोरोना भेटिएको छ।

मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १७, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्यूठानमा १, बर्दियाका ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ७७, जुम्ला ९, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ४८, सल्यानमा २१, सुर्खेतमा २६४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डोटी २, दार्चुला ३, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थपिए ३९ सय २७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

सक्रिय संक्रमितको संख्या ९७ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ९७ नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । यसअघि हिजो सोमबारसम्म सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ थियो ।

यी हुन् ‘रेड जोन’मा रहेका नेपालका ४८ जिल्ला

नेपालका ४८ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ४८ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ३० जिल्लामा पाँच सयभन्दा बढी र अन्य १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेक् छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्वमा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बैतडी मा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश २ को रौतहट, सर्लाही, सप्तरी र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा, लमजुङ र बागलुङमा पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको दैलेखमा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डडेलधुरा, डोटी र अछाममा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१ हजार ३७४ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ८४ कोरोना संक्रमितको आईसीयूमा र २९० को भेन्टिलेटरमा गरी कुल १ हजार ३७४ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आजको तथ्यांक अनुसार प्रदेश १ मा १२७ जना आईसीयूमा र २९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५२९ जनाआईसीयूमा र १८४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ८२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १०२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

Loading...