बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘६९औं बर्थडे सेलिब्रेशन’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त […]

हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो […]

सञ्चारमन्त्री बास्कोटाले दिए पदबाट राजीनामा

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिनु भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिनु भएको हो । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराउनु भएको हो । उहाले भन्नु भयो, “मन्त्रीज्युले सम्बन्धित […]

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ, ८ फाल्गुन । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो […]

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने

काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा दिने सुचना प्राप्त भएको छ । जसअनुसार अहिले सञ्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौं बाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा […]

मन्त्री बास्कोटालाई बर्खास्त गर्न नेविसंघको चेतावनी (विज्ञप्ति सहित) हेर्नुहोस!

काठमाडौं, ८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बिवादमा तानिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने […]

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग (विज्ञप्ति सहित )हेर्नुहोस ।

काठमाडौं ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त […]

मन्त्री गोकुल बास्कोटाले ३० अर्बको एमओयुमा ७४ करोड कमिसन मागेको अडियो बन्यो भाइरल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको भनिएकाे कुराकानीको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । अडियाेमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित एक प्राेजेक्टका बारेमा कुराकानी गरेका छन् । जहाँ मन्त्रीको समय मिलाउने र कमिसनका […]

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो: सभापति देउवा

काठमाडौँ, ७ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन । सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उनले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका हुन । […]

दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार: प्रधानमन्त्री ओली

काठमाडौं, ७ फागुन । फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँगै हरेक नेपालीले देखेको समृद्धिको सपनामा ब्रेक लगाउँन खोजिएको गुनासो गरेका छन । उक्त कार्यक्रममा उनले भने सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको छ । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । प्रधानमन्त्री […]