दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार: प्रधानमन्त्री ओली

काठमाडौं, ७ फागुन । फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँगै हरेक नेपालीले देखेको समृद्धिको सपनामा ब्रेक लगाउँन खोजिएको गुनासो गरेका छन । उक्त कार्यक्रममा उनले भने सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको छ । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिसामा सरकार लागि रहेको बताएका छन् । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए ।

‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’ गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै उनले सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए । समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने उनको भनाइ छ । ‘सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार छ,’ प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुनेछ ।’

प्रधानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गर्दै गएको दाबी पनि गरे । यही सफलताका कारण विश्व मञ्चमा नेपाल सुनिन थालेको उनले बताए । ‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण हुन थालेको छ । हाम्रो गरिमा बढेको छ,’ओलीले भने ।

Loading...