काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् ।
आज दिउँसो नै उनले राजीनामा दिने सुचना प्राप्त भएको छ । जसअनुसार अहिले सञ्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौं बाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा दिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको उनको वार्तामा पनि उनलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।
अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिँदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने, कम्पनीले पनि १५।१६ करोड राख्ने भन्ने जस्ता कुरा सार्वजनिक भएका छन ।