उपसभामुखको शक्ति: चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था

काठमाडौं, २९ पुस। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन । नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उब्जिएको प्रश्न हो– पार्टीले […]

‘तपाइँहरु नै बैठक गर्दै हिँड्नुभएको छ, कसले के गर्ने निर्णय पनि गरिहाल्नुहुन्छ, आफैं मिलाउनुस न’-ओली

काठमाडौं, २८ पुस। संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमायाँ तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उत्तः भेलाले निकालेको थियो। सचिवालय सदस्य बामदेव गौतमको निवास भैंसेपाटीमा गत बुधबार भएको […]

इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले

एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय […]

दुबईको विमानस्थल पूरै जलमग्न

दुवई, २७ पुस । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा […]

दुई तिहाइ मतका साथ प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव स्वीकृत

हेटौंडा, २७ पुस । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं। ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा […]

दरबारमार्गमा यति समूहकाे निर्माणाधिन भवनको काम रोक्न अदालतको अन्तरिम आदेश

काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले […]

उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीले भने– प्रतिस्पर्धाका लागि तयार रहनुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले विगतमा भएका […]

खाडीमा ११ लाख नेपाली जोखिममा, विमान चार्टर्ड गरेर उद्धार गर्ने तयारी

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार […]

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा

काठमाडौँ, २४ पुस  । लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार […]

दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार

काठमाडौं, २४ पुस। संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो । सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री […]