मुस्लिम धर्मावलम्बीहरुका पर्व बकर इद

काठमाडौँ, २७ साउन । बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी शुद्ध भएर मस्जिद तथा इदगाहमा नमाज पाठ गरेका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा यो पर्व मनाउने गरिन्छ । आज बिहानै नमाज पढिसकेपछि मुस्लिमहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरेका थिए । यसै अवसरमा आज बिहानै दरबारमार्गस्थित […]

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

सुरुङ्गा २७ साउन । झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई […]

सिद्धिचरण लोकमार्ग खुलेपछि पहाडी क्षेत्रको जनजीवन सहज बन्दै

गाईघाट, २७ । सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको छ ।सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चालनमा आएको छ । यो लोकमार्ग सञ्चालनमा आएसंगै उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको […]

सडक लथालिंग बने पछि अक्रोशित स्थानिय सडक बन्द गरे

श्रावण २७ , काठमाडौं ।  सडक भत्किएर जिर्ण बनेपछि भन्दै काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन । विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन । स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि […]

काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ, २७ साउन । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो । नेपाली काङ्ग्रेस […]

सडक लथालिंग बने पछि अक्रिसित स्थानिय सडक बन्द गरे

श्रावण २७ , काठमाडौं ।  सडक भत्किएर जिर्ण बनेपछि काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन । विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन । स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि नाबित्त्दै […]

ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर […]

भूतपूर्व सैनिकका लागि सेनामा छ रङका पट्टा

काठमाडौँ, २७ साउन । नेपाली सेनाले भूतपूर्व सैनिकका लागि छ रङका पट्टासहित छ किसिमको कल्याणकारी निवृत्तिभरण सञ्चालन गरेको छ । सकल दर्जाका सैनिकलाई अवकाशपछि आर्थिक राहत पु¥याउने उद्देश्यले सेनाले ४४ वर्षअघि अर्थात् २०३२ सालमा शान्तिसेनामा खटिएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट सैनिक कल्याणकारी कोष स्थापना गरेको थियोे । अर्धवार्षिक रुपमा रु दुई […]

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा

खोटाङ, २७ साउन । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न लागिएको हो । जलाशययुक्त आयोजनाको […]

नागरिकका वैयक्तिक गोपनीयता कायम होस्

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले राख्नुभएको […]