सडक लथालिंग बने पछि अक्रोशित स्थानिय सडक बन्द गरे

श्रावण २७ , काठमाडौं ।  सडक भत्किएर जिर्ण बनेपछि भन्दै काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन ।

विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन ।

स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि नाबित्त्दै निकै जिर्ण बनेको कारण दिनहु जसो दुर्घटना हुने र आवतजावतमा समेत निकै कठिनाई परेका कारण सडक अबरुद्ध गर्नु पर्ने बाध्यता भएको बताए ।

काठमाडौँ बात तराई जोड्ने सबै भन्दा छोटो बाटोको रुपमा प्रयोग हुदै आएको यो सडक खण्डको अठार किलोमिटर बाटोको अवस्था निकैनै दयेनिय छ । धार्मिक आस्थाको केन्द्र दक्षिणकाली हुदैँ हेटौडा जोड्ने यो मार्ग भएर दिनहु हजारौ सवारी साधन आवतजावत गरिनुका साथै भाडाका ९५० सुमो जिप संचालन रहेको ब्यवसायी बताउछन् । लामो समय पछि बल्ल  तल्ल बनेको सडक कालोपत्र उप्कियेर त्यतिकै सडक छाडेपछि स्थानीयहरु आक्रोशित बनेका छन ।
बिहानै बात सडक अबरुद्द बनेपछी ३ नं प्रदेशका संासद पुकार महर्जनले पहल गरिदिने सहमति भएपछी सडक खुलेको छ ।

 

 

 

 

 

 

 

 

फोटो – पी.एल महर्जन facebook बाट

Loading...