धुर्मुस सुन्तलीले बनाइरहेको गौतम बुद्ध रङ्गशालालाई सन्दिप लामिछानेको साथ, दिए ७०७८४

काठमाडौं, २९ माघ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम […]

मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना

पाल्पा,२९ माघ । मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । तानसेन ९ तिन्टीआँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल छन । गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले […]

पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान:मुख्यमन्त्री

पाल्पा, २९ माघ । पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग हो । प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा बुधबार तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन्। ‘नेपालको चलनचल्तीमा जतिबेला ढाकाको टोपी आयो, त्यो ढाका पाल्पामा उत्पादन भएको थियो’ उनले […]

नवनियुक्त महानिरीक्षक ज्ञवालीले गरे पदभार ग्रहण

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक आइजीपी ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका थिए । मंगलबार बसेको […]

सिन्धुपाल्चोक गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोक, २९ माघ । को जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको […]

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

काठमाडौँ, २९ माघ । दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिए । उनले […]

पुल नबन्दा प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर तुईन तर्न बाध्य स्थानीय

हुम्ला, २९ माघ । सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो तर हुम्ला संगै कर्णालीका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधिहरु दैनिक पालिका केन्द्रमा आउन जान ज्यानको बाजी मारेर तुइनकै भरमा वहरदोहर गरिरहेका छन् । जनप्रतिनिधि मात्र नभई स्थानियबासीले पनि खेतबारीको […]

सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दाजुल्दा लक्षणका बिरामी

सिन्धुपाल्चोक, २९ माघ। सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका ८४ जना भन्दा […]

गए राती ट्याक्टर दुर्घटनामा चारको मुत्यु, ८ जना घाइते

बुलिगंटार, २९ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका मा गए राती भएको ट्याक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको […]

दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार

नयाँ दिल्ली । भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ । केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा […]